काठमाडौं: होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्नो दशैं योजना ‘यो दशैं, आशाको शुरूआत’ अन्तर्गत तीन हप्ताका विजेताहरूको नाम सार्वजनिक गरेको छ। कम्पनीले ‘होण्डा छ साथ साथ’ कार्यक्रममार्फत सातै प्रदेशबाट हरेक हप्ता एक-एक जना विजेता छनोट गरेको हो।
यस योजनाको मुख्य विशेषताअन्तर्गत, विजेताले जति रकम जित्छन्, होण्डा नेपालले सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले सम्पूर्ण विजेताहरूलाई पुरस्कार रकम हस्तान्तरण गरिसकेको छ र सोही बराबरको थप रकम सरकारी कोषमा जम्मा गर्ने जनाएको छ।
तीन हप्ताको अवधिमा विजयी हुनेहरूमा कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने, विकासकुमार यादव र आशिष राई रहेका छन्। मधेश प्रदेशबाट अफजल मियाँ, सुन लामा र सुशीलकुमार श्रीवास्तव विजयी भएका छन्। बागमती प्रदेशबाट गोकुलप्रसाद ओली, राजु महर्जन र दिशान्त विष्टले पुरस्कार जितेका छन्।
त्यस्तै, गण्डकी प्रदेशबाट विज्ञान लामा, बलराम थापा र मनोज घिमिरे तथा लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्का, पुष्पा थारु र दामोरबहादुर बुढाथोकी विजेता बनेका छन्। कर्णाली प्रदेशबाट पदमबहादुर शाही, मानसिंह दाहाल र प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर तथा सुदूरपश्चिम प्रदेशबाट मदन यादव, विनिता पाठक र जुजेस्टर राणाले पुरस्कार प्राप्त गरेका छन्।
ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै कम्पनीले यस योजनालाई आगामी मंसिर १४ गते (नोभेम्बर ३०) सम्मका लागि विस्तार गरेको छ। स्याकार ट्रेडिङले विजेताहरूलाई बधाई दिँदै होण्डा ब्रान्डप्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद व्यक्त गरेको छ।
