Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर
अ+ अ-

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ सात पैसा र बिक्रीदर १६२ रुपियाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ २३ पैसा र बिक्रीदर १८७ रुपियाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ४१ पैसा र बिक्रीदर १७४ रुपियाँ १५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५९ पैसा र बिक्रीदर १०२ रुपियाँ तीन पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७४ पैसा र बिक्रीदर १०९ रुपियाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ तीन पैसा र बिक्रीदर ३३ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १२ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५० पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७२ पैसा र बिक्रीदर २१ रुपियाँ ८१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ १० पैसा र बिक्रीदर ४६० रुपियाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ५२ पैसा र विक्रीदर ३६५ रुपियाँ आठ पैसा निर्धारण गरेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2