Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
A A+ A-

बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई बुधबार जग्गाधनी पुर्जा वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–४, बैजापुरका १० घर परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा जिल्लाको बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।

सो अवसरमा बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेर काम अगाडि बढाएको बताए। वर्तमान सरकारले आफ्नो कार्यकालमा सबै भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने योजना बनाएको उहाँले जानकारी दिए।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारले सङ्घीय सरकारलाई सहयोग गर्दै आएको उल्लेख गरे।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँकेका आठ वटै स्थानीय तहमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिएको बताए  ।

राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काका अनुसार जग्गाधनीपुर्जा प्राप्त गर्ने सबै स्थानीय हुन् । जग्गाधनी पुर्जा प्राप्त भएपछि वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

यसले उनहरूलाई सुरक्षित बसोबासको आधार तयार गर्नाका साथै राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

2