Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

परम्परागत खेतीभन्दा उखु खेतीमा दोब्बर आम्दानी

परम्परागत खेतीभन्दा उखु खेतीमा दोब्बर आम्दानी
A A+ A-

कञ्चनपुर। परम्परागत रूपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।

अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताए ।

“परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने भएपछि तीन जना मिलेर जग्गा भाडामा लिएका छौँ । व्यावसायिक रूपमा अगाडि बढेका छौँ,” उनले भने, “उखु खेतीमा कम मेहनत र लगानीमा राम्रो प्रतिफल आउँछ ।”

उनले उखु खेतीबाट उत्पादन लिन सके बजारको समस्या नहुने र एकै पटक राम्रो प्रतिफल लिन सकिने भएकाले उखु खेतीमा लागेको बताए । दुई बिघा जग्गाबाट खेती सुरु गरेका उनले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेको बताए । “पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा रु एक लाख बराबरको आम्दानी हुन्छ,” ठगुन्नाले भने, “उखु खेती एक पटक रोपाइँ गरेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिन्छ ।”

उनका अनुसार पहिलो वर्ष उखु रोपेपछि त्यसको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो सिजनमा पनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट हुँदैन । त्यसबाट खेतीको लागत घटाउनाका साथै आम्दानी बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

उत्पादन गरेको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले उखु किसानलाई प्रोत्साहन गर्दै बीउ र कीटनाशक औषधी उपलब्ध गराउने गरेको उनले बताए । “धान गहुँबाट एक बिघामा सबै खर्च कटौती गरेर बढीमा रु ४० हजारसम्म आम्दानी हुन्छ,” ठगुन्नाले भने, “उखु खेतीमा एक बिघामा राम्रो उत्पादन भए सबै खर्च कटौती गरेर रु तीन लाखसम्म आम्दानी गर्न सकिन्छ ।” उनले प्रति कट्ठा वार्षिक रु दुई हजारका दरले १२ बिघा जग्गा भाडामा लिएर खेती गरिरहेको बताए ।

स्थानीय किसान तारा महरा तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा लागेकी छन् । “परम्परागत खाद्यान्नभन्दा उखु खेतीमा दोब्बर फाइदा हुने भएकाले यसमा लागेका हौँ,” उनले भने, “दुई बिघा जग्गामा बिक्रीका लागि तयार छ दश बिघा जग्गामा अहिले बीउ रोप्दै छौँ ।”

उनले सिजनमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेको बताए। कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन बराबर छ ।

2