Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

संरक्षणको पर्खाइमा रसुवाको ऐतिहासिक ‘लहरेपौवा’

संरक्षणको पर्खाइमा रसुवाको ऐतिहासिक ‘लहरेपौवा’
A A+ A-

रसुवा। नेपाल एकीकरण अभियानसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँस्थित ऐतिहासिक पौवाघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

विसं २०७२ को गोरखा भूकम्पपछि थप जोखिममा परेको यस सम्पदाको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक अस्तित्व नै मेटिने चिन्ता बढेको हो ।

गोसाइँकुण्ड तीर्थयात्राको पुरानो पदमार्गमा पर्ने यो पौवाघर लामो समयदेखि बेवारिसे जस्तै बनेको स्थानीयवासीको गुनासो छ । ऐतिहासिक महत्व बोकेको संरचना भत्किने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको पर्याप्त ध्यान नपुगेको स्थानीय अगुवा बताउँछन् ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ऐतिहासिक आस्था र पहिचान बोकेको यस धरोहरलाई जीवन्त राख्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताए । वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले सीमित स्रोत र साधनका बीच सम्पदा संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।

ऐतिहासिक दस्तावेज तथा स्थानीय किंवदन्तीअनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा युद्धमा विजय प्राप्तिको कामनासहित धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गरेका थिए । सोही उपलब्धिका लागि कृतज्ञतास्वरूप शाहले अगस्तिलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिएको इतिहास छ ।

सिद्ध योगी अगस्तिले आफ्नी धर्मचेली गौरादेवीलाई उक्त भूमि कुश बिर्ता प्रदान गरेका थिए। गौरादेवीले बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजापाठ गर्ने र बेत्रावतीको माथिल्लो भाग माझगाउँमा पौवाघर बनाई गोसाइँकुण्ड आउजाउ गर्ने तीर्थयात्रीलाई सातु–सामल तथा बासको व्यवस्था मिलाउने सर्तमा उक्त गुठी प्राप्त गरेका थिए ।

सोही समयमा डाँडाको लहरैमा तीनवटा पौवाघर निर्माण गरी तीर्थालुलाई सेवा दिइएकाले यस बस्तीको नाम ‘लहरै पौवा’ रहन गएको र पछि अपभ्रंश हुँदै ‘लहरेपौवा’ भन्न थालिएको स्थानीय बताउँछन् ।

धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र तीर्थाटन परम्पराको जीवन्त इतिहास बोकेको यस सम्पदाको मौलिक स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा पनि टेवा पुग्ने देखिन्छ । भावी पुस्तालाई गौरवशाली इतिहास हस्तान्तरण गर्न राज्य, स्थानीय तह र समुदायको सहकार्यमा यसको तत्काल संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाको जोड छ ।

2