काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला तीन हजार तीन सय रुपैयाँले कमी आएको हो।
हिजो प्रतितोला दुई लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर दुई लाख ५७ हजार छ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य परिवर्तन देखिएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला तीन हजार तीन सय ३५ रुपैयाँ कायम गरिएको छ।
