Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

आम्दानी धितोमा कर्जा विस्तार

आयोजनाको भावी आम्दानी र करारगत अधिकार धितो राखेर कर्जा लिन सकिने व्यवस्था गर्न सरकारले सुरक्षित कारोबार ऐन संशोधन अध्यादेश ल्याउँदैछ।

आम्दानी धितोमा कर्जा विस्तार
A A+ A-

काठमाडौं । कुनै जलविद्युत् आयोजनाले आगामी २० वर्षसम्म विद्युत् बिक्री गरेर आम्दानी गर्ने अनुमान गरेको छ। कुनै औद्योगिक परियोजनाले उत्पादन बिक्रीबाट नियमित नगद प्रवाह प्राप्त गर्ने सम्झौता गरेको छ। कुनै पूर्वाधार आयोजनाले सेवा शुल्क वा महसुल उठाउने अधिकार पाएको छ।

तर आयोजना निर्माण गर्न ठूलो पूँजी चाहिन्छ। आम्दानी भने आयोजना सञ्चालनमा आएपछि मात्र प्राप्त हुन्छ। यस्तो अवस्थामा अहिलेको आम्दानी वा भौतिक सम्पत्ति देखाएर मात्र पर्याप्त कर्जा जुटाउन कठिन हुन सक्छ।

यही वित्तीय अन्तर घटाउने उद्देश्यसहित सरकारले आयोजनाबाट भविष्यमा प्राप्त हुने आम्दानी, नगद प्रवाह र करारगत अधिकारलाई कर्जा सुरक्षणका रूपमा प्रयोग गर्न सकिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ।

सुरक्षित कारोबार ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेशको मस्यौदाले पूर्वाधार, ऊर्जा, औद्योगिक तथा अन्य विकास आयोजनाको आम्दानी र हस्तान्तरण गर्न मिल्ने अमूर्त चल सम्पत्तिमा धितोको हक सिर्जना गर्न सकिने बाटो खोल्न खोजेको हो।

यससँगै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा पनि परियोजनामा आधारित कर्जाको व्यवस्था स्पष्ट पार्ने प्रस्ताव अघि सारिएको छ।

मस्यौदाअनुसार बैंक तथा वित्तीय संस्थाले परियोजनाको अनुमानित नगद प्रवाह, आम्दानी, आयोजना विकास सम्झौता, सहुलियत सम्झौता, विद्युत् खरिदबिक्री सम्झौता, आयोजना सञ्चालनसम्बन्धी करार र बीमा दाबीबाट प्राप्त हुने रकमलाई कर्जा सुरक्षण तथा असुलीका आधारका रूपमा स्वीकार गर्न सक्नेछन्।

यस्तो सुविधा पाउन परियोजनाको प्राविधिक, आर्थिक तथा वित्तीय सम्भाव्यता परीक्षण भएको हुनुपर्नेछ र अनुमानित आम्दानीबाट ऋण भुक्तानी गर्न सकिने पर्याप्त आधार देखिनुपर्नेछ। 

प्रस्तावित कानुनी परिवर्तनको अर्थ अब आयोजनाले जग्गा, भवन वा उपकरण मात्र धितो राख्नुपर्ने छैन भन्ने हो।

भविष्यमा प्राप्त हुने आम्दानी र करारबाट पाउने रकमलाई समेत सुरक्षणको आधार बनाउन सकिनेछ। यसले जलविद्युत्, सडक, विमानस्थल, औद्योगिक पूर्वाधार, उत्पादनमूलक उद्योग र साना तथा मझौला व्यवसायसम्म वित्तीय पहुँच विस्तार गर्ने सम्भावना राख्छ।

तर, भविष्यको आम्दानी अनुमानमा आधारित हुने भएकाले त्यसको विश्वसनीयता, भुक्तानी सुनिश्चितता, धितोको प्राथमिकता र ऋण असुलीको प्रक्रिया कति प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।

धितोको परिभाषा विस्तार

नेपालमा सुरक्षित कारोबारको कानुनी आधार सुरक्षित कारोबार ऐन, २०६३ हो। २०६३ कात्तिक ३० मा प्रमाणीकरण भएको यो ऐनले चल सम्पत्ति धितो राखेर गरिने कारोबारलाई व्यवस्थित गर्ने उद्देश्य राखेको थियो। ऐनले मालसामान, उपकरण, बहीखाता, सवारीसाधन, कृषि उपज, जडित सामान तथा अन्य चल सम्पत्तिमा धितोको हक सिर्जना, दर्ता, प्राथमिकता निर्धारण र कार्यान्वयनको व्यवस्था गरेको छ।

यस ऐनमा २०८१ चैत ३ मा पहिलो संशोधन भएको थियो। उक्त संशोधनले चल सम्पत्तिमा आधारित सुरक्षित कारोबारको दायरा र प्रक्रियालाई थप स्पष्ट बनाएको थियो।

त्यसैले नेपालको कानुनी प्रणालीमा धितोको अवधारणा घरजग्गामा मात्र सीमित थिएन। चल तथा अमूर्त सम्पत्तिमा आधारित कर्जाको कानुनी आधार यसअघि नै विद्यमान थियो।

तर, ठूला आयोजनाको भावी आम्दानी, सार्वजनिक निकायसँगको करार, आयोजना सञ्चालन अधिकार र ऋणदाताले आयोजना निरन्तर सञ्चालन गराउन पाउने प्रक्रियालाई एउटै वित्तीय संरचनामा स्पष्ट पार्ने विषयमा थप कानुनी व्यवस्था आवश्यक देखिएको थियो।

अहिले प्रस्ताव गरिएको संशोधनले यही खाली ठाउँ सम्बोधन गर्न खोजेको छ। मस्यौदाले ‘धितोको सम्पत्ति’ को परिभाषा विस्तार गर्दै कानुनबमोजिम हस्तान्तरण गर्न वा धितोको हक सिर्जना गर्न सकिने आयोजनासम्बन्धी करारगत अधिकार, आयोजनाबाट प्राप्त हुने वा भविष्यमा प्राप्त हुन सक्ने रकम, सेवा शुल्क, महसुल, उत्पादन बिक्रीबाट आउने रकम, बीमा तथा क्षतिपूर्ति दाबी र अन्य अमूर्त चल सम्पत्तिलाई समेत धितोको दायरामा ल्याउन खोजेको छ।

यसको व्यावहारिक अर्थ कुनै जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिदबिक्री सम्झौताअन्तर्गत भविष्यमा पाउने रकमलाई बैंक कर्जाको सुरक्षण बनाउन सक्नेछ। कुनै औद्योगिक कम्पनीले निश्चित अवधिसम्म उत्पादन आपूर्ति गर्ने सम्झौताबाट प्राप्त हुने भुक्तानीलाई धितोको रूपमा प्रयोग गर्न सक्नेछ।

सेवा शुल्क वा महसुलबाट आम्दानी गर्ने पूर्वाधार आयोजनाले पनि त्यस्तो आम्दानीको अधिकारका आधारमा वित्तीय स्रोत जुटाउन सक्नेछ।

यद्यपि, सबै प्रकारका अधिकार धितोमा राख्न मिल्ने छैनन्। अचल सम्पत्ति, आयोजना भूमिको लिज अधिकार वा कानुनले हस्तान्तरण गर्न प्रतिबन्ध लगाएका अनुमतिपत्रमा धितो सिर्जना र कार्यान्वयन गर्दा सम्बन्धित विशेष कानुन नै लागू हुनेछ। सार्वजनिक निकायबाट प्राप्त अनुमतिपत्र, स्वीकृति वा नियामकीय अधिकार स्वतः धितोको सम्पत्ति बन्ने छैन। धितोको हक सिर्जना हुँदैमा ऋणदाताले आयोजना सञ्चालन गर्ने वा सरकारी अनुमतिपत्र प्रयोग गर्ने अधिकार पाउने व्यवस्था पनि गरिएको छैन।

आयोजनाको आम्दानीबाट ऋण

मस्यौदाको महत्वपूर्ण व्यवस्था दफा २० पछि थप गर्न प्रस्ताव गरिएको दफा २०क हो। यसले स्वीकृत पूर्वाधार, ऊर्जा, औद्योगिक वा अन्य विकास आयोजनाको वित्तपोषणका लागि आम्दानी र नगद प्रवाहमा धितोको हक सिर्जना गर्न सकिने आधार तयार गर्छ।

प्रस्तावित व्यवस्थाअनुसार आयोजना सञ्चालकले आयोजनाबाट प्राप्त हुने वा भविष्यमा प्राप्त हुन सक्ने आम्दानी, विद्युत् खरिदबिक्री सम्झौता, सेवा खरिद सम्झौता, उत्पादन बिक्री वा आपूर्ति करारअन्तर्गत पाउनुपर्ने रकम, बीमा दाबी, क्षतिपूर्ति अधिकार, आयोजनासँग सम्बन्धित बैंक खाता र त्यसमा रहेको रकम, चल उपकरण तथा मेसिनरी र हस्तान्तरण गर्न मिल्ने अन्य करारगत तथा अमूर्त चल सम्पत्तिमा ऋणदाता वा सुरक्षा प्रतिनिधिका पक्षमा धितोको हक सिर्जना गर्न सक्नेछन्।

भविष्यमा प्राप्त हुने रकम धितो राख्दा त्यसको प्रकृति, स्रोत र पहिचान सम्झौतामै खुलाउनुपर्नेछ। यसले एउटै आयोजनाको अस्पष्ट वा पहिचान गर्न नसकिने आम्दानी देखाएर कर्जा लिने सम्भावना घटाउने अपेक्षा गरिएको छ। बैंकले पनि कुन करारबाट कति रकम आउने हो, भुक्तानीकर्ता को हो, भुक्तानीको अवधि कति हो र रकम प्राप्तिमा के–कस्ता जोखिम छन् भन्ने विषय परीक्षण गर्नुपर्नेछ।

यस व्यवस्थाले आयोजना वित्तपोषणको आधारलाई सम्पत्तिको मूल्यबाट आम्दानीको क्षमतातर्फ सार्ने सम्भावना राख्छ।

परम्परागत धितो प्रणालीमा ऋणीसँग पर्याप्त जग्गा, भवन वा अन्य भौतिक सम्पत्ति हुनुपर्ने दबाब रहन्छ। तर, परियोजना वित्तपोषणमा आयोजनाले भविष्यमा सिर्जना गर्ने नगद प्रवाह नै ऋण भुक्तानीको मुख्य स्रोत हुन्छ।

आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन वा सेवा सञ्चालनबाट प्राप्त हुने आम्दानीले ऋणको साँवा र ब्याज तिर्ने संरचना यसैमा आधारित हुन्छ।

विश्व बैंकको परियोजना वित्तपोषणसम्बन्धी मार्गदर्शनले पनि ऋणदाताका लागि आयोजनाको आम्दानीको निरन्तरता, करारगत अधिकार, बैंक खाता, प्राप्त गर्नुपर्ने रकम र परियोजनाको सम्पत्तिमा सुरक्षण महत्वपूर्ण हुने उल्लेख गरेको छ।

आयोजना सञ्चालनमा नआएसम्म आम्दानी नआउने भएकाले ऋणदाताले भविष्यको माग, उपभोक्ताको भुक्तानी क्षमता, महसुल, सञ्चालन खर्च र नियामकीय जोखिमसमेत परीक्षण गर्नुपर्ने विश्व बैंकको सुझाव छ।

त्रिपक्षीय सम्झौताबाट सुरक्षा

ठूला आयोजनामा बैंकले धितो लिएर मात्र पुग्दैन। आयोजना सञ्चालकले करार उल्लंघन गरेमा, निर्माण रोकिएमा वा ऋण भुक्तानी गर्न नसकेमा आयोजना कसरी निरन्तर सञ्चालन गर्ने भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ। यही विषयलाई सम्बोधन गर्न मस्यौदामा दफा २०ख थप्ने प्रस्ताव गरिएको छ।

यस व्यवस्थाअनुसार आयोजना सञ्चालक, ऋणदाता वा सुरक्षा प्रतिनिधि र सम्बन्धित सार्वजनिक निकायबीच त्रिपक्षीय प्रत्यक्ष सम्झौता गर्न सकिनेछ। यस्तो सम्झौताले आयोजनाको करार उल्लंघन भएको वा हुन सक्ने अवस्थाबारे ऋणदातालाई जानकारी दिने, त्रुटि सच्याउन निश्चित समय उपलब्ध गराउने, आयोजना निरन्तर सञ्चालनका लागि अस्थायी व्यवस्थापन गर्ने वा योग्य प्रतिस्थापनकर्ता नियुक्त गर्ने तथा आवश्यक परे ऋण पुनःसंरचना गर्ने विषय समेट्न सक्नेछ।

यसलाई परियोजना वित्तपोषणमा ‘डाइरेक्ट एग्रिमेन्ट’ र ‘स्टेप–इन राइट्स’ सँग सम्बन्धित व्यवस्था मानिन्छ। ऋणदाताले आयोजना असफल हुन लाग्दा तुरुन्तै सम्पत्ति बिक्री गरेर ऋण उठाउनेभन्दा पहिले आयोजना सञ्चालनमा फर्काउन सक्ने विकल्प खोज्छ।

त्यसका लागि आयोजना सञ्चालकको कमजोरी सच्याउने समय, व्यवस्थापनमा अस्थायी हस्तक्षेप वा योग्य अर्को कम्पनीलाई सञ्चालन जिम्मेवारी दिने व्यवस्था उपयोगी हुन सक्छ।

विश्व बैंकको परियोजना वित्तपोषणसम्बन्धी मार्गदर्शनमा ऋणदाताले परियोजना असफल हुने अवस्थामा करार उल्लंघन सच्याउने अधिकार, आयोजना व्यवस्थापनमा प्रवेश गर्ने अधिकार र अर्को योग्य संस्थालाई जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था आवश्यक पर्ने उल्लेख छ। यस्ता अधिकार ऋणदाता, सरकार वा आयोजना प्रदान गर्ने निकाय र परियोजनाका सहभागीबीच हुने प्रत्यक्ष सम्झौतामा समेटिन्छन्।

तर, ऋणदाताले आयोजना सञ्चालनको अधिकार पाए भन्दैमा सार्वजनिक हित र नियामकीय अधिकार कमजोर हुने छैनन्।

प्रस्तावित मस्यौदाले सार्वजनिक सेवा, उपभोक्ता, श्रमिक र वातावरणीय दायित्व संरक्षण गर्नुपर्ने व्यवस्था राखेको छ। सार्वजनिक सुरक्षा, वातावरण संरक्षण वा जनस्वास्थ्यसँग जोडिएका विषयमा तत्काल कारबाही गर्नुपर्ने अवस्था आएमा ऋणदातालाई त्रुटि सच्याउने समय दिइएको आधारमा सरकारी कारबाही रोकिने छैन।

अनुमतिपत्र खारेज गर्ने वा नियमन गर्ने सार्वजनिक निकायको अधिकार पनि सीमित हुने छैन।

यसले आयोजना सञ्चालनमा निरन्तरता र सार्वजनिक हितबीच सन्तुलन कायम गर्न खोजेको देखिन्छ। तर, प्रतिस्थापनकर्ता नियुक्त गर्ने प्रक्रिया, योग्यताको मापदण्ड, सार्वजनिक निकायको स्वीकृति, ऋणदाताको अधिकार र आयोजनाको दायित्वबीच विवाद उत्पन्न भए समाधान कसरी गर्ने भन्ने विषय कार्यान्वयनका क्रममा महत्वपूर्ण हुनेछ।

व्यवसायको प्राप्य रकम पनि धितो

प्रस्तावित संशोधन ठूला पूर्वाधार आयोजनामा मात्र सीमित छैन। सामान्य उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई चालु पुँजी जुटाउन सहज बनाउने उद्देश्यले दफा २०ग थप्ने प्रस्ताव पनि गरिएको छ। यसअनुसार व्यवसायले कानुनबमोजिम हस्तान्तरण गर्न सकिने व्यापारिक प्राप्य रकममा वित्तपोषणका लागि धितोको हक सिर्जना गर्न वा त्यस्तो रकम हस्तान्तरण गर्न सक्नेछन्।

व्यापारिक प्राप्य रकम भन्नाले कुनै वस्तु वा सेवा बिक्री गरेपछि ग्राहक वा अर्को कम्पनीबाट प्राप्त गर्न बाँकी रकम बुझिन्छ। उदाहरणका लागि कुनै उद्योगले अर्को कम्पनीलाई १० करोड रुपैयाँको वस्तु बिक्री गरेको छ र सम्झौताअनुसार ६० दिनपछि भुक्तानी पाउनेछ भने त्यो १० करोड रुपैयाँ उद्योगको प्राप्य रकम हो।

रकम प्राप्त हुन बाँकी रहे पनि त्यसलाई धितोका रूपमा प्रयोग गरेर तत्काल चालु पुँजी जुटाउन सकिने अवधारणा नै ‘रिसिभेबल्स फाइनान्सिङ’ हो।

यसले विशेषगरी साना तथा मझौला उद्योग, आपूर्तिकर्ता, निर्माण व्यवसायी र नियमित उधारो कारोबार गर्ने कम्पनीलाई राहत दिन सक्छ। धेरै व्यवसायमा बिक्री भएको हुन्छ, तर ग्राहकले भुक्तानी गर्न समय लगाउँदा नगद प्रवाहमा दबाब पर्छ। कर्मचारीको तलब, कच्चा पदार्थ खरिद, ढुवानी, कर र अन्य सञ्चालन खर्च तत्काल तिर्नुपर्ने हुन्छ।

प्राप्य रकमलाई धितो वा हस्तान्तरणको आधार बनाउन सकिएमा बिक्री भइसकेको कारोबारबाट आउने रकम कुर्नुपर्ने अवधि घटाउन सकिन्छ।

मस्यौदाले प्राप्य रकमको पहिचान गर्ने आधार, पहिले सिर्जना भएको धितो वा हस्तान्तरण, दर्ता र प्राथमिकताको अवस्था तथा भुक्तानीसम्बन्धी सूचना स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरेको छ। एउटै प्राप्य रकममा पहिले नै धितोको हक सिर्जना भएको वा हस्तान्तरण भइसकेको तथ्य लुकाएर दोहोरो वित्तपोषण लिन नपाइने प्रावधान पनि प्रस्ताव गरिएको छ।

यसले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्दा एउटै सम्पत्ति वा प्राप्त गर्नुपर्ने रकममा धेरै पक्षको दाबी पर्ने जोखिम घटाउन मद्दत गर्न सक्छ। तर, ग्राहकले भुक्तानी नगरेको, बिक्री कारोबार विवादमा परेको वा वस्तु तथा सेवाको गुणस्तरमा समस्या आएको अवस्थामा प्राप्य रकमको वास्तविक मूल्य घट्न सक्छ। त्यसैले बैंकले कागजी बिल वा बिक्री सम्झौता मात्र हेरेर कर्जा प्रवाह गर्नु पर्याप्त हुँदैन।

बैंकिङ प्रणालीको दबाब

यो कानुनी प्रस्ताव यस्तो समयमा आएको छ, जतिबेला नेपालको बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षित गतिमा हुन सकेको छैन। नेपाल राष्ट्र बैंकको जुलाई २०२६ को समष्टिगत आर्थिक प्रतिवेदनअनुसार बैंकिङ प्रणालीमा अतिरिक्त तरलता करिब १.१ खर्ब रुपैयाँ पुगेको थियो।

सोही अवधिमा भारित औसत कर्जाको ब्याजदर सन् २०२६ मे मध्यसम्म ६.७ प्रतिशतमा झरेको थियो। तर निजी क्षेत्रतर्फ कर्जा विस्तार करिब ६ प्रतिशतमा सीमित थियो, जबकि मौद्रिक नीतिले १२ प्रतिशतको लक्ष्य राखेको थियो।

राष्ट्र बैंककै प्रतिवेदनअनुसार २०२५/२६ को मध्य जुनसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेर ५ खर्ब ८३ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८ प्रतिशतले बढेको थियो। कुल निजी क्षेत्रको कर्जामध्ये गैरवित्तीय संस्थाको हिस्सा ६२.६ प्रतिशत र घरपरिवारको हिस्सा ३७.४ प्रतिशत थियो। यसले व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारको महत्व देखाउँछ।

तर कर्जा विस्तार सुस्त हुनुको कारण केवल धितोको अभाव मात्र होइन। राष्ट्र बैंकको जुलाई २०२६ प्रतिवेदनले कमजोर कर्जा माग, बैंकहरूको जोखिमप्रतिको सतर्कता र सम्पत्तिको गुणस्तरमा आएको दबाबलाई पनि प्रमुख अवरोधका रूपमा औँल्याएको छ।

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात २०१६ को तेस्रो त्रैमासिकमा १.८१ प्रतिशत रहेकामा २०२६ को तेस्रो त्रैमासिकमा ५.४१ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। खराब कर्जा बढ्दा बैंकको नाफा, पूँजी र थप कर्जा प्रवाह गर्ने क्षमतामा दबाब पर्छ।

यस्तो अवस्थामा आयोजनाको आम्दानी र करारगत अधिकारलाई सुरक्षणका रूपमा स्वीकार गर्न सकिने कानुनी आधारले बैंकलाई कर्जा मूल्यांकनका थप विकल्प दिन सक्छ। तर यसले स्वतः कर्जा प्रवाह बढाउँछ भन्ने सुनिश्चित हुँदैन। बैंकले आयोजनाको सम्भाव्यता, निर्माण लागत, सञ्चालन खर्च, बजार माग, आम्दानीको स्थिरता र ऋण भुक्तानी क्षमताको मूल्यांकन गरेपछि मात्र लगानी निर्णय गर्नुपर्नेछ।

जलविद्युत् क्षेत्रमा ठूलो सम्भावना

प्रस्तावित व्यवस्थाको प्रत्यक्ष लाभ लिन सक्ने क्षेत्रमध्ये जलविद्युत् प्रमुख हो। नेपालमा विद्युत् उत्पादनका लागि निजी क्षेत्रको लगानी ठूलो मात्रामा परिचालित हुँदै आएको छ। तर जलविद्युत् आयोजना निर्माणमा ठूलो पूँजी आवश्यक पर्छ र निर्माण अवधि लामो हुन्छ। आयोजना सञ्चालनमा नआएसम्म नियमित आम्दानी हुँदैन। निर्माण अवधिमा ब्याज, उपकरण खरिद, सुरुङ, प्रसारण लाइन, जग्गा व्यवस्थापन र अन्य खर्चका लागि निरन्तर वित्तीय स्रोत चाहिन्छ।

नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष ४३४ मेगावाट क्षमताका २२ आयोजना सञ्चालनमा आएका थिए। आर्थिक वर्षको अन्त्यसम्म निजी क्षेत्रका १४२ आयोजना कुल ४ हजार ३०३ मेगावाट क्षमतासहित वित्तीय व्यवस्थापन पूरा गरेर निर्माणाधीन थिए।

थप १४८ आयोजना कुल ४ हजार २०३ मेगावाट क्षमतासहित विकासका विभिन्न चरणमा थिए र तिनले वित्तीय व्यवस्थापनको प्रतीक्षा गरिरहेका थिए। त्यस्तै, प्राधिकरणले निजी ऊर्जा उत्पादकसँग गरेका विद्युत् खरिदबिक्री सम्झौताको संख्या ४९४ पुगेको थियो, जसको संयुक्त क्षमता ११ हजार ४३६ मेगावाट थियो।

यी तथ्यांकले जलविद्युत् क्षेत्रमा लगानीको ठूलो सम्भावना देखाउँछन्। तर वित्तीय व्यवस्थापन पूरा नभएका आयोजना निर्माणमा जान नसक्ने अवस्था पनि देखाउँछन्।

आयोजनाले उत्पादन सुरु गरेपछि प्राधिकरणबाट प्राप्त हुने विद्युत् बिक्री रकमलाई कर्जा सुरक्षणको आधार बनाउन सकिएमा बैंकको जोखिम मूल्यांकनमा सहयोग पुग्न सक्छ। त्यस्तै, निर्माणाधीन आयोजनाको बीमा दाबी, ठेकेदारबाट प्राप्त हुने क्षतिपूर्ति वा अन्य करारगत भुक्तानीलाई पनि कानुनले अनुमति दिएको सीमाभित्र सुरक्षणको रूपमा प्रयोग गर्न सकिनेछ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयको नेपालसम्बन्धी ऊर्जा मार्गदर्शनले सन् २०२५ सम्म नेपालको जडित विद्युत् उत्पादन क्षमता ३ हजार ४३५ मेगावाट रहेको, ४ हजार ६३ मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको र १६ हजार २९ मेगावाट क्षमताका आयोजना निर्माणको प्रतीक्षामा रहेको उल्लेख गरेको छ। उक्त स्रोतले नेपालको प्राविधिक जलविद्युत् सम्भाव्यता करिब ८३ हजार मेगावाट र व्यावसायिक रूपमा उपयोग गर्न सकिने सम्भाव्यता ४० हजार मेगावाटभन्दा बढी रहेको पनि जनाएको छ।

तर विद्युत् खरिदबिक्री सम्झौता हुँदैमा सबै आम्दानी सुनिश्चित हुन्छ भन्ने हुँदैन। आयोजना निर्माण समयमै पूरा नहुनु, लागत बढ्नु, प्रसारण लाइन नपुग्नु, उत्पादन अनुमानभन्दा कम हुनु, सुख्खायाममा पानीको उपलब्धता घट्नु वा भुक्तानीमा ढिलाइ हुनुजस्ता जोखिम रहन्छन्। त्यसैले आम्दानी धितोमा कर्जा दिने व्यवस्था प्रभावकारी बनाउन बैंकले आयोजनाको वास्तविक उत्पादन क्षमता र नगद प्रवाहको परीक्षण गर्नुपर्नेछ।

कार्यान्वयनमा जोखिम र चुनौती

प्रस्तावित संशोधनले वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाउने भए पनि त्यसको सफलताका लागि केही आधारभूत शर्त पूरा हुनुपर्छ। पहिलो, धितोमा राखिएको आम्दानी वा करारगत अधिकारको स्पष्ट पहिचान र दर्ता प्रणाली प्रभावकारी हुनुपर्छ। एउटै आम्दानीमाथि एकभन्दा बढी बैंक वा ऋणदाताले दाबी गरेमा कसको प्राथमिकता पहिले हुन्छ भन्ने विषय विवादरहित हुनुपर्छ।

दोस्रो, भुक्तानीकर्ताको विश्वसनीयता महत्वपूर्ण हुन्छ। आयोजनाले भविष्यमा आम्दानी गर्ने भनिए पनि रकम तिर्ने पक्ष आर्थिक रूपमा कमजोर छ वा करार कार्यान्वयनमा अनिश्चितता छ भने त्यस्तो आम्दानीलाई बलियो धितो मान्न सकिँदैन।

सार्वजनिक निकायसँगको सम्झौता, विद्युत् खरिदबिक्री सम्झौता वा निजी कम्पनीसँगको आपूर्ति करार सबैको जोखिम समान हुँदैन। बैंकले भुक्तानीकर्ताको क्षमता, करारको अवधि, मूल्य निर्धारण विधि र सम्झौता रद्द हुन सक्ने अवस्थाको अध्ययन गर्नुपर्छ।

तेस्रो, आयोजना असफल हुँदा ऋण असुलीको प्रक्रिया स्पष्ट हुनुपर्छ। परियोजनाको आम्दानी रोकिएको अवस्थामा बैंकले भुक्तानीकर्तालाई सूचना दिएर रकम आफ्नो नियन्त्रणमा लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर आयोजना सञ्चालनमै समस्या आएमा सार्वजनिक सेवा अवरुद्ध नहुने गरी प्रतिस्थापनकर्ता नियुक्त गर्ने प्रक्रिया आवश्यक हुन्छ। ऋणदाताको वित्तीय अधिकार र सरकारको नियामकीय अधिकारबीच स्पष्ट सीमा नहुँदा विवाद उत्पन्न हुन सक्छ।

चौथो, बैंक तथा वित्तीय संस्थाले परियोजना मूल्यांकन गर्ने प्राविधिक र वित्तीय क्षमता विकास गर्नुपर्छ। सामान्य घरजग्गा धितोमा कर्जा मूल्यांकन गर्ने प्रक्रियाभन्दा परियोजना वित्तपोषण जटिल हुन्छ। यसमा निर्माण लागत, समयसीमा, मागको अनुमान, उत्पादन क्षमता, सञ्चालन खर्च, वातावरणीय दायित्व, बीमा, ब्याजदर परिवर्तन र नगद प्रवाहको संवेदनशीलता परीक्षण गर्नुपर्छ।

कुनै आयोजनाको आम्दानी १० प्रतिशत घटेमा वा निर्माण लागत २० प्रतिशत बढेमा ऋण भुक्तानी क्षमतामा कस्तो असर पर्छ भन्ने परीक्षणसमेत गर्नुपर्ने विश्व बैंकको परियोजना वित्तपोषणसम्बन्धी मार्गदर्शनले देखाउँछ।

पाँचौँ, नियामकीय समन्वय आवश्यक हुन्छ। विद्युत्, सार्वजनिक–निजी साझेदारी, बैंकिङ, कम्पनी, बीमा र दामासाहीसम्बन्धी कानुनसँग प्रस्तावित संशोधनको सम्बन्ध स्पष्ट हुनुपर्छ। धितोको हक सिर्जना भएको कारण अनुमतिपत्र स्वतः हस्तान्तरण नहुने व्यवस्था गरिएको भए पनि आयोजना असफल हुँदा नयाँ सञ्चालक नियुक्त गर्ने प्रक्रियामा सम्बन्धित नियामक निकायको स्वीकृति कसरी लिने भन्ने विषय महत्वपूर्ण हुन्छ।

अन्ततः प्रस्तावित अध्यादेशले ऋण दिन बैंकलाई बाध्य पार्ने छैन र सरकारी जमानत पनि सिर्जना गर्ने छैन। कर्जा प्रवाह गर्दा राष्ट्र बैंकको निर्देशन, बैंकको स्वीकृत कर्जा नीति र जोखिम मूल्यांकन पालना गर्नुपर्नेछ। मस्यौदाले असल नियतले निर्णय गरेका बैंक पदाधिकारीलाई कर्जा असुल हुन नसकेको कारण मात्र जिम्मेवार नठहराउने व्यवस्था प्रस्ताव गरेको छ।

तर बदनियत, मिलेमतो, स्वार्थको द्वन्द्व, झुट्टा विवरण वा गम्भीर लापरबाही भएको अवस्थामा यस्तो संरक्षण लागू हुने छैन।

सरकारले प्रस्ताव गरेको अर्को महत्वपूर्ण पक्ष सामान्य व्यापारिक प्राप्य रकम र ठूला आयोजनाको आम्दानीलाई एउटै किसिमको जोखिम मानेर व्यवहार नगर्नु हो। जलविद्युत् आयोजनाको विद्युत् बिक्री सम्झौता, सडक आयोजनाको सेवा शुल्क र उद्योगले ग्राहकलाई बिक्री गरेको वस्तुको भुक्तानी फरक प्रकृतिका आम्दानी हुन्।

तिनको अवधि, भुक्तानीकर्ता, नियामकीय जोखिम र रकम प्राप्त हुने निश्चितता फरक हुन्छ। त्यसैले नेपाल राष्ट्र बैंकले बनाउने मापदण्ड र बैंकहरूको आन्तरिक जोखिम मूल्यांकनले यस व्यवस्थाको प्रभावकारिता निर्धारण गर्नेछ।

प्रस्तावित व्यवस्था अध्यादेशको मस्यौदा चरणमा रहेको विषय भएकाले अन्तिम कानुनी रूप, संशोधनको भाषा र कार्यान्वयन मिति आधिकारिक रूपमा जारी भएपछि मात्र निश्चित हुनेछ। नेपाल कानून आयोगको अध्यादेश सूचीमा मंसिर ७, २०८३ सम्म यो सुरक्षित कारोबार संशोधन अध्यादेश प्रकाशित भएको देखिँदैन। त्यसैले यसलाई लागू भइसकेको कानुनका रूपमा होइन, सरकारले अघि बढाएको प्रस्तावका रूपमा बुझ्नुपर्छ।

आयोजनाको भावी आम्दानीलाई धितो मान्ने व्यवस्था सफल भएमा नेपालको वित्तीय प्रणालीमा कर्जा सुरक्षणको अवधारणा विस्तार हुनेछ। यसले भौतिक सम्पत्ति कम भएका तर करार, उत्पादन क्षमता र भविष्यको नगद प्रवाह बलियो भएका व्यवसायलाई वित्तीय पहुँच दिन सक्छ।

जलविद्युत् तथा पूर्वाधार आयोजनाको वित्तीय व्यवस्थापनमा नयाँ विकल्प थपिन सक्छ। तर यसको वास्तविक उपलब्धि धितोको दायरा कति फराकिलो भयो भन्नेमा मात्र निर्भर हुँदैन। भविष्यको आम्दानीलाई बैंकले कति विश्वसनीय रूपमा मूल्यांकन गर्न सक्छ, ऋण असुली कति पारदर्शी हुन्छ र आयोजना असफल हुँदा सार्वजनिक हित सुरक्षित राख्दै सञ्चालन निरन्तरता कसरी कायम गरिन्छ भन्ने कुराले नै नयाँ व्यवस्थाको सफलता निर्धारण गर्नेछ।

2