काठमाडौं: मनकामना हिलक्रेस्ट रिसोर्ट आफ्नो पहिलो वर्षको सफल सञ्चालन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि. को स्वामित्वमा सञ्चालित यो रिसोर्ट मनकामना क्षेत्रको पहिलो लक्जरी होटल हो।
चितवन को-इ समूहअन्तर्गत रहेको उक्त रिसोर्टले पहिलो वर्षको अनुभव सन्तोषजनक र उत्साहजनक रहेको जनाएको छ। तीर्थाटनका लागि आउने पर्यटकहरूलाई सुविधासम्पन्न र आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ रिसोर्ट अघि बढिरहेको छ।
रिसोर्टका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दूरदृष्टि र योजनामा यो परियोजना तयार भएको हो। रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालन भएको मितिमै गरिएको थियो। आगामी दिनमा पनि संस्थापकको परिकल्पनालाई निरन्तरता दिने प्रतिबद्धता रिसोर्टले जनाएको छ।
यस अवसरमा रिसोर्टले आफ्ना पाहुना, कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका र गोरखा जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेको छ। सेवा र गुणस्तरमा सुधार ल्याउन सहयोग गर्ने सबैप्रति रिसोर्टले धन्यवाद ज्ञापन गरेको छ।
