Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अयोध्या-जनकपुरधाम रेलसँगै हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह

अयोध्या-जनकपुरधाम रेलसँगै हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह
A A+ A-

धनुषा: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबिच रेल सेवाका साथै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। अयोध्या-जनकपुरधाम साप्ताहिक रेल सेवाको उद्घाटन कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो माग राखेका हुन्।

मुख्यमन्त्री यादवले अयोध्या र जनकपुरधाम जोड्ने रेल सेवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अघिल्लो भ्रमणको परिणाम भएको उल्लेख गर्दै उनीहरूलाई धन्यवाद व्यक्त गरे। उनले रेल सेवाले दुई सहरबिचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे। यसका साथै उनले सीमावर्ती भारतीय नागरिकका लागि २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्नुपर्ने पुरानो मागलाई पुनः दोहोर्‍याए। भारतीय नम्बर प्लेटका सवारीसाधन लिएर आउने भारतीय पर्यटकका लागि यो व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

यसैबीच, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अयोध्या-जनकपुरधाम रेल सेवाले नेपाल र भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने बताए। नेपाल र भारतका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको यो सेवाले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

महन्त वैष्णवले रेल सेवाले दुवै सहरको पर्यटन व्यवसायलाई उकास्नुका साथै नागरिकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, ‘यसले हामीलाई अनन्तकालसम्म एक सूत्रमा बाँधेर यो धार्मिक र सांस्कृतिक नगरीको पर्यटन व्यवसायलाई उकास्ने विश्वास लिएका छौँ।’ उनले भगवान् रामको दर्शनपछि माता सीताको नगरी जनकपुरधाम आएर धार्मिक यात्रा पूर्ण गर्ने श्रद्धालुहरूका लागि यो रेल सेवाले यात्रा सहज बनाउने बताए।

2