Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

विदेशमा सिकेको सीप र आर्जनले महोत्तरीमा च्याउ खेती

विदेशमा सिकेको सीप र आर्जनले महोत्तरीमा च्याउ खेती
A A+ A-

काठमाडौं: महोत्तरीको सोनमा: ५ खैरवनीका ३४ वर्षीय मनिषकुमार यादवले १५ वर्ष लामो वैदेशिक रोजगारीबाट फर्केर आफ्नै ठाउँमा च्याउ उत्पादनको उद्यम सुरु गरेका छन्। १६ वर्षको उमेरदेखि भारतका विभिन्न सहर, मलेसिया र कुवेतमा काम गरेका यादवले विदेशमा आर्जन गरेको रकम र सिकेको सीपलाई स्वदेशमा लगानी गरेका हुन्।

यादवले बर्दिबासमा पाँच कट्ठा जग्गा पाँच वर्षका लागि करारमा लिएर च्याउ खेती सुरु गरेका छन्। यसका लागि उनले करिब रु ६ लाख लगानी गरेका छन्। कृषि विषय अध्ययन गरेका आफ्ना भान्जा विकास यादवको प्राविधिक सहयोगमा उनले यो व्यवसाय अघि बढाएका हुन्। उनले सरकारी निकायबाट च्याउ खेतीसम्बन्धी १५ दिने तालिमसमेत लिएका छन्।

यादवले व्यावसायिक रूपमा कन्ने जातको च्याउ उत्पादन गरिरहेका छन्। हाल उनी प्रत्येक महिना दुई क्विन्टल उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छन्। जाडो मौसममा राम्रो उत्पादन हुने भएकाले फागुनसम्म १० क्विन्टल उत्पादन लिने उनको योजना छ। च्याउको बजार मूल्य होलसेलमा प्रतिकिलो रु १७५ र खुद्रामा रु २०० रहेको छ।

उद्यमका लागि आवश्यक अधिकांश कच्चा पदार्थ पराल र गहुँको भुस स्थानीय स्तरमै सहज रूपमा उपलब्ध हुने उनले बताए। बीउ र केही औषधि मात्र बजारबाट खरिद गर्नुपर्ने उनको भनाइ छ। उत्पादन तयार भएपछि व्यापारीहरूले फार्मबाटै उठाउने गरेका छन्।

“अब जे सिकेँ र जे आर्जन गरेँ, यहीँ लगाउने निधो गरेर च्याउ उत्पादन गर्ने उद्यम थाले,” मनिषकुमारले भने। उनले वैदेशिक रोजगारीबाट फर्केका अन्य युवाहरूलाई पनि आफ्नै ठाउँमा सीप र श्रमको सदुपयोग गर्दै उद्यम गर्न प्रेरित गरेका छन्। आफ्नो व्यवसायलाई अबका दिनमा घरपरिवारकै सदस्यहरूको सहयोगमा अघि बढाउने उनको योजना छ।

2