काठमाडौं: चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा कुल ४ सय ९७ परियोजनाका लागि उक्त लगानीको प्रतिबद्धता आएको हो।
विभागको तथ्यांक अनुसार यस अवधिमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानीको चासो देखिएको छ। पर्यटन क्षेत्रका १ सय ४६ परियोजनाका लागि ८ अर्ब ६६ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।
त्यस्तै, ऊर्जा क्षेत्रमा ४ अर्ब ५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ भने सेवा क्षेत्रका ४४ परियोजनाका लागि ३ अर्ब ९५ करोड २९ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। उत्पादनमूलक उद्योगतर्फ २९ परियोजनाका लागि १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
यसका साथै, सूचनामूलक क्षेत्रमा २ सय ७२ परियोजनामार्फत ९७ करोड ९६ लाख रुपैयाँ र कृषि क्षेत्रका ३ परियोजनाका लागि १५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ।
