Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भारततर्फ खसीबोका निर्यात बढेपछि मासु व्यवसायीको चेतावनी

भारततर्फ खसीबोका निर्यात बढेपछि मासु व्यवसायीको चेतावनी
A A+ A-

काठमाडौं: नेपालमा उत्पादित खसीबोका, बाख्रा र कुखुरा भारततर्फ अवैध रूपमा निर्यात हुन थालेपछि मासु व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। सीमा नाकाबाट पशुचौपाया बाहिरिँदा स्वदेशी बजारमा अभाव सिर्जना हुनुका साथै मूल्यवृद्धि भएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। नेपाल मासु व्यवसायी संघ, चौपाया खरिदबिक्री संघ र नेपाल मुस्लिम मासु पसल संघका प्रतिनिधिहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै सीमा नाकामा कडाइ गर्न माग गरेका हुन्।

अधिवक्ता ज्ञानेन्द्र दाहालका अनुसार झापाको काँकडभिट्टा, सुनसरीको भन्टाबारी, सिरहाको ठाडी, धनुषा, महोत्तरी, सर्लाही, कपिलवस्तुको कृष्णनगर, नेपालगञ्ज, बर्दियाको गुलरिया, धनगढी र दार्चुला लगायतका नाकाबाट पशुचौपाया भारततर्फ जाने गरेका छन्। व्यवसायीहरूले यस विषयमा गृह मन्त्रालय र स्थानीय प्रशासनलाई जानकारी गराइसकेको दाबी गरेका छन्।

यसैबीच, चौपाया खरिदबिक्री संघका केन्द्रीय अध्यक्ष सन्तोषबहादुर खत्रीले सरकारले पर्याप्त पूर्वाधार बिना नै मासु जाँचसम्बन्धी कानुन कार्यान्वयन गर्न खोजेको भन्दै आपत्ति जनाए। उनले भने, ‘सरकारले जाँच नभएको मासु नखानु भन्छ। तर जाँच कहाँ लगेर गराउने? राज्यले न एउटा वधस्थल बनाउन सकेको छ, न एउटा वधशाला बनाउन सकेको छ।’ व्यवसायीहरूले काठमाडौं उपत्यकामा व्यवस्थित वधशाला र पशु बजारको माग गरेका छन्।

नेपाल मुस्लिम मासु पसल संघका काठमाडौं जिल्ला अध्यक्ष मंजुर मिया मोमीनले पशुचौपायाको अभावमा कतिपय पसल बन्द भइसकेको बताए। व्यवसायीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए मंसिर १० गतेदेखि मासु पसल बन्द गर्ने चेतावनी दिएका छन्।

2