Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी
A A+ A-

कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य आधार भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ।

अन्तर्राष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआउँदा विमानस्थलबाट हुने आयात–निर्यात कारोबारमार्फत भन्सार राजस्व प्राप्त हुन नसकेको हो।

कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा रु १६ लाख ४७ हजार २३१ राजस्व सङ्कलन गरेको छ। उक्त अवधिमा सङ्कलित राजस्वको अधिकांश हिस्सा भारतीय सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त भएको कार्यालयले जनाएको छ।

विमानस्थल भन्सार कार्यालयका लेखा प्रमुख डिल्लीराम सुवेदीका अनुसार भारतबाट नेपाल आउने सवारीसाधनले निश्चित अवधिसम्म सञ्चालन गर्न भन्सार कार्यालयबाट अस्थायी पैठारी अनुमति लिनुपर्छ। अनुमति अवधिभन्दा बढी नेपालमा बस्न चाहेमा तोकिएको दैनिक महसुल बुझाएर म्याद थप गर्नुपर्ने व्यवस्था छ।

भारतबाट अस्थायी पैठारीमा ल्याइएका कार, जिप, बस तथा भ्यानको म्याद थप गर्दा दैनिक रु ६०० र मोटरसाइकल तथा स्कुटरको दैनिक रु २०० महसुल लाग्ने सुवेदीले जानकारी दिए।

कार्यालयको विवरणअनुसार साउनमा रु तीन लाख १७ हजार, भदौमा रु एक लाख ५३ हजार, असोजमा रु छ लाख ९७ हजार २८ र कात्तिकमा रु चार लाख ८० हजार २०३ राजस्व सङ्कलन भएको छ। मासिक विवरणमा असोजमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको देखिन्छ।

पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने भारतीय पर्यटकले प्रयोग गर्ने सवारीसाधनको अस्थायी पैठारीबाट प्राप्त हुने शुल्क कार्यालयको आम्दानीको प्रमुख आधार बनेको हो। सुवेदीले भारतीय नम्बर प्लेटका सवारीसाधनको म्याद थपबापत प्राप्त हुने महसुल नै हाल कार्यालयको मुख्य राजस्व स्रोत रहेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत असोज ७ गतेदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई मार्गमा नियमित सिधा उडान सञ्चालन गर्दै आएको छ। यद्यपि, कार्गो सेवा सञ्चालनमा नआएकाले अन्तर्राष्ट्रिय उडानबाट हुने मालसामानको आयात–निर्यातमार्फत भन्सार राजस्व प्राप्त हुन सकेको छैन।

कार्यालयले कार्गो सेवा सुरु भएपछि अन्तर्राष्ट्रिय उडानसँगै मालसामानको कारोबारबाट पनि राजस्व सङ्कलन हुने अपेक्षा गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन २०७९ पुस १७ गते भएको थियो। विमानस्थल भन्सार कार्यालय भने सोही महिनाको अन्तिम सातादेखि सञ्चालनमा आएको हो।

2