Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्लोबल आइएमईलाई पुनः युरो मनी अवार्ड

ग्लोबल आइएमईलाई पुनः युरो मनी अवार्ड
अ+ अ-

काठमाडौँ- ग्लोबल आइएमई बैङ्क लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

ग्लोबल आइएमई बैङ्कले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैङ्किङ क्षेत्रमा भित्र्याएको नयाँ नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैङ्कले गरेको लगानी तथा बैङ्कको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरो मनी म्यागजिन बैङ्किङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । यस वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैङ्क तेस्रो पटक बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैङ्कले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैङ्क अवार्ड प्राप्त गरेको थियो ।

यसअघि ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेस्ट बैङ्क अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैङ्क, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैङ्कका रूपमा सम्मानित भएको थियो ।

2