Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भैरहवा हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा

भैरहवा हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा
A A+ A-

काठमाडौं: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने लामो समयदेखिको प्रतीक्षाबीच नेपाल र भारतबीच भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई विमानस्थलको पूर्ण उपयोग, लुम्बिनीको पर्यटन प्रवर्द्धन र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

द्विपक्षीय सहमतिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाइनेछ। यसका लागि दुवै देशका प्राविधिक अधिकारीहरूले परामर्श गरी सञ्चालन प्रक्रिया र तौरतरिका टुङ्ग्याउने संयुक्त वक्तव्यमा उल्लेख छ। यसले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्रवेश तथा बहिर्गमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई सम्पर्क विस्तारको यो निर्णयलाई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण कदम बताए। उनले हवाई मार्ग दुईतर्फी भएसँगै विदेशी पर्यटक आकर्षित गर्न र निजी क्षेत्रको लगानीलाई प्रतिफलमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पर्यटन व्यवसायीहरूले भारतका प्रमुख धार्मिक तथा बौद्ध गन्तव्यहरू जस्तै बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीलाई लुम्बिनीसँग जोडेर एउटै पर्यटन प्याकेज बनाउन सके पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय होटल, यातायात तथा रेस्टुरेन्ट व्यवसायमा आर्थिक गतिविधि विस्तार हुने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले बौद्ध सर्किटलाई एकीकृत रूपमा विकास गर्न सके विश्वभरका पर्यटकका लागि यो महत्वपूर्ण गन्तव्य बन्ने उल्लेख गरे।

विशेषगरी श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, चीन र दक्षिण कोरियाजस्ता बौद्ध धर्मावलम्बीको बाहुल्य भएका मुलुकबाट आउने पर्यटकलाई भारतका प्रमुख सहर हुँदै लुम्बिनीसम्म ल्याउन सकिने सम्भावना छ। विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन मात्र नभई उद्योग, व्यापार, कृषि र सेवा क्षेत्रसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ। यद्यपि, यो सहमतिलाई व्यवहारमा उतार्न प्राविधिक प्रक्रिया शीघ्र टुङ्ग्याउनु, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्नु र पर्यटकीय पूर्वाधारमा सुधार गर्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

2