Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

मौरीपालनबाट सफल उद्यमी बन्दै धादिङकी गोमा सिंखडा

मौरीपालनबाट सफल उद्यमी बन्दै धादिङकी गोमा सिंखडा
A A+ A-

हेटौँडा: धादिङको सिद्धलेक गाउँपालिका: १ बलमडाँडाकी गोमा सिंखडा मौरीपालनबाट सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ। चार घारबाट व्यवसाय सुरु गर्नुभएका सिंखडाको फार्ममा हाल करिब २५० घार मौरी छन्। उहाँले बुधबार हेटौँडामा आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा धादिङबाट उत्कृष्ट उद्यमीको सम्मान प्राप्त गर्नुभयो। रु ७५ हजार राशिको उक्त सम्मान ग्रहण गर्दै उहाँले भन्नुभयो, “मेहनत गर्न सके कर्मको फल मीठो हुँदो रहेछ।”

विसं २०७२ मा तीनदिने तालिम लिएपछि मौरीपालनतर्फ आकर्षित हुनुभएकी सिंखडाले २०७४ सालमा फार्म दर्ता गर्नुभएको थियो। व्यवसायको सुरुवाती चरणमा मौरीका गोलामा क्षति व्यहोरे पनि उहाँले निरन्तरता दिनुभयो। कोरोना महामारीका बेला पनि चुनौतीको सामना गर्दै उहाँले व्यवसायलाई अघि बढाउनुभयो। हाल उहाँका श्रीमान् पूर्णप्रसाद सिंखडाले शिक्षण पेसा छाडेर व्यवसायमा पूर्णकालीन सहयोग गर्दै आउनुभएको छ।

दम्पतीले तीनवटा स्थानमा मौरीका घार राखेका छन्। पूर्णप्रसादका अनुसार वार्षिक पाँच सयदेखि सात सय किलोसम्म मह उत्पादन हुने गरेको छ। कात्तिक र मङ्सिरमा उत्पादन हुने कटुसको मह प्रतिकिलो रु दुई हजारदेखि दुई हजार पाँच सयसम्ममा बिक्री हुन्छ। महका अतिरिक्त घारसहितका गोला बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ। मौसम र घारको अवस्थाअनुसार एउटा घारसहितको गोला रु आठ हजारदेखि ११ हजारसम्ममा बिक्री हुने गरेको छ। उत्पादन भएको मह अधिकांश घरबाटै खपत हुने गरेको र मागअनुसार काठमाडौँसम्म पठाउने गरिएको उहाँहरूले बताउनुभयो।

2