Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

हेटौंडा कपडा उद्योगको मन्त्री पुनद्वारा अनुगमन

हेटौंडा कपडा उद्योगको मन्त्री पुनद्वारा अनुगमन
A A+ A-

हेटौंडा: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले हेटौंडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको अनुगमन गर्नुभएको छ। बिसं २०५७ देखि बन्द रहेको सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारी स्वरूप हाल परीक्षण उत्पादन भइरहेको छ।

अनुगमनका क्रममा मन्त्री पुनले उद्योगको वर्तमान अवस्था, समस्या र चुनौतीबारे जानकारी लिनुभएको छ। उहाँले उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। लामो समयदेखि बन्द रहेका मेसिनहरू नेपाली सेनाको सहयोगमा मर्मत गरी हाल २० वटा तानबाट परीक्षण उत्पादन सुरु गरिएको छ। कुल ४८८ मेसिनमध्ये अन्य मेसिनहरू मर्मतको क्रममा रहेका छन्।

गत असार १८ गते सरकारले उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनाले सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतको काम अघि बढाएको थियो। परीक्षणका लागि सरकारले ३३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। हाल बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट कपडा बुन्ने काम भइरहेको छ।

मन्त्री पुनले कारखानाका मेसिन उत्पादन गर्ने चिनियाँ कम्पनी बन्द भइसकेकाले स्पेयर पार्टस् पाउन कठिन रहेको बताउनुभयो। यद्यपि, पुराना औजारलाई आधुनिकीकरण गरेर सञ्चालन गर्न सकिने उहाँको भनाइ छ। सैनिक सामाग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो। परीक्षणबाट प्राप्त नतिजाका आधारमा उद्योगको दीर्घकालीन सञ्चालन मोडालिटी तय गरिनेछ।

2