Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १२ पैसा र बिक्रीदर ९१ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपियाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ३० पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2