Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

ग्लोबल आइएमईले साना उद्यमीलाई सघाउने

ग्लोबल आइएमईले साना उद्यमीलाई सघाउने
A A+ A-

काठमाडौँ- ग्लोबल आइएमई बैङ्क र डिएआई उदय परियोजनाबिच कोशी प्रदेशका साना तथा लघु उद्यमीलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने भएको छ ।

बुधबार सम्पन्न यससम्बन्धी सम्झौता अनुसार डिएआई उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैङ्कको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउने छन् ।

नेपाल सरकार तथा स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लामा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

यससम्बन्धी समझदारीपत्रमा बुधबार बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीपश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायलाई सहज रूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैङ्कले लिएको छ ।

डिएआई उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका व्यवसायलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतिका लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ ।  ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल छन् । बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

2