Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कोशी प्रदेशमा स्टार्टअप : साढे दुई अर्ब लगानी

कोशी प्रदेशमा स्टार्टअप : साढे दुई अर्ब लगानी
अ+ अ-

काठमाडौँ- कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ प्रतिवेदन अनुसारसो प्रदेशमा १६० स्टार्टअप उद्यममध्ये ८० प्रतिशत उद्यम नाफामा सञ्चालनमा छन् । तिनको औसत नाफा १३.९ प्रतिशत छ ।

अध्ययन अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस्ता स्टार्टअप उद्यमको कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रुपियाँ रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रुपियाँ छ । त्यस्तै सो अवधिमा स्टार्टअप उद्यममा कुल लगानी दुई अर्ब ५६ करोड रुपियाँ रहेको छ । औसत लगानी प्रतिफल दर ५.७ प्रतिशत छ । कुल दुई अर्ब ५६ करोड रुपियाँ लगानीमध्ये ३८.७ प्रतिशत ऋण र ६१.३ प्रतिशत स्वपुँजी रहेको छ ।

अध्ययनमा समावेश १६० उद्यममध्ये ४१.३ प्रतिशत कृषि तथा वनजन्य, १८.१ प्रतिशत उत्पादनमूलक, १७.५ प्रतिशत सेवामूलक, १३.८ प्रतिशत पर्यटन, ९.४ प्रतिशत सूचना प्रविधि क्षेत्रमा केन्द्रित छन् । भौगोलिक रूपमा तराई क्षेत्रमा ६६.९ प्रतिशत, पहाडी क्षेत्रमा २२.५ प्रतिशत र हिमाली क्षेत्रमा १०.६ प्रतिशत उद्यम सञ्चालनमा छन् ।

स्टार्टअप उद्यममा संलग्न उद्यमीमध्ये ३६–५० वर्ष उमेर समूह ४४.४ प्रतिशत, २१–३५ वर्ष उमेर समूह ३९.३ प्रतिशत, ५०–७० वर्ष उमेर समूह १६.२ प्रतिशत रहेका छन् । यस्तै लैङ्गिक आधारमा ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी छन् ।

यी स्टार्टअप उद्यमले आव २०८०/८१ मा एक हजार ४३६ जनालाई रोजगारी दिएका छन्, जसमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष छन् ।

अध्ययनमा हिमाली क्षेत्रबाट १७ वटा (१०.६ प्रतिशत), पहाडी क्षेत्रबाट ३६ वटा (२२.५ प्रतिशत) र तराईका क्षेत्रबाट १०७ वटा (६६.९ प्रतिशत) स्टार्टअप उद्यम छन् । अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यममध्ये वस्तु तथा सेवामा ५४ प्रतिशत, उत्पादन प्रक्रियामा ४१ प्रतिशत र वितरण प्रक्रियामा पाँच प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् ।

स्टार्टअप उद्यमलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने कारणहरूमा ३७.१ प्रतिशतले आत्मनिर्भर बन्ने इच्छा, २५.८ प्रतिशतले समाजमा योगदान गर्ने चाहना, २५.१ प्रतिशतले नयाँ अवसर, ७.९ प्रतिशतले रोजगारीको अभाव र ४.१ प्रतिशतले अन्य कारण उल्लेख गरेका छन् ।

अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यममध्ये ६५ वटा (४०.६ प्रतिशत) उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छन् भने ९५ वटा (५९.४ प्रतिशत) उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छैनन् ।

यस्तै ७२ वटा (४५ प्रतिशत) उद्यमको प्रमुख बजार स्थानीय बजार, ७५ वटा (४६.९ प्रतिशत) उद्यमको प्रमुख बजार राष्ट्रिय बजार र १३ वटा (८.१ प्रतिशत) उद्यमको प्रमुख बजार अन्तर्राष्ट्रिय बजार रहेको छ ।

2