Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि वृद्धि

शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि वृद्धि
A A+ A-

काठमाडौँ- नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्क अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा वित्तीय लगानी रोकथाम तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीति तथा कार्यान्वयनका प्रयास थप प्रभावकारी बनाइएको छ ।

एकाइले सञ्चालन गर्ने गोएमएल प्रणालीमार्फत प्राप्त वित्तीय सूचनामा उल्लेख्य वृद्धि भएको जनाएको छ । आव २०८०/८१ म १६३९ सूचक संस्था आबद्ध रहेकामा चालु आवमा यो सङ्ख्या ३४९७ पुगेको छ । सोही अवधिमा ९४५ वटा शङ्कास्पद कारोबार वा गतिविधि प्राप्त भएको प्रतिवेदनले जनाएको छ ।

प्राप्त प्रतिवेदनको विश्लेषण गर्दा अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । विश्लेषणपछि ४५ वटा वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा पठाइएको छ, जसले वित्तीय अपराध पहिचान, अनुसन्धान तथा अभियोजन प्रव्रिmयामा प्रत्यक्ष सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि एकाइ सव्रिmय देखिएको छ । आव २०८१/८२ मा विदेशी वित्तीय जानकारी एकाइसँग ६४ वटा सूचना आदानप्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । यसले सीमापार वित्तीय कारोबार, अन्तरदेशीय अपराध सञ्जाल तथा साइबर ठगीविरुद्धको सहकार्यलाई सुदृढ बनाएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ मा एसिया प्यासिफिक ग्रुपको मूल्याङ्कनपछि नेपाल ‘ग्रे–लिस्ट’ मा परेपछि गरिएका सुधार तथा समन्वयात्मक प्रयास पनि प्रतिवेदनमा समेटिएका छन् ।

प्रतिवेदनले आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण प्रणाली, अन्तरनिकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधारलाई प्राथमिकता दिने जनाएको छ । वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

2