Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल बैङ्क लिमिटेडको साधारण सभा सम्पन्न

नेपाल बैङ्क लिमिटेडको साधारण सभा सम्पन्न
अ+ अ-

काठमाडौं- नेपाल बैङ्क लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा बैंकको ६६ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, सर्त र सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्था बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदानसमेत गरेको उक्त बैङ्कका प्रवक्ता प्रतिभा डङोलले जनाउनु भएको छ ।

2