Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सात अर्ब पच्चिस करोड ऋण स्वीकृत

सात अर्ब पच्चिस करोड ऋण स्वीकृत
अ+ अ-

काठमाडौँ- नेपालको डिजिटल रूपान्तरण परियोजनाका लागि विश्व बैङ्कले सात अर्ब २५ करोड रुपियाँ (पाँच करोड डलर) ऋण स्वीकृत गरेको छ । बैङ्कको कार्यकारी निर्देशकको बोर्ड बैठकले यस्तो स्वीकृति दिएको हो ।

नेपालको सार्वजनिक डिजिटल पूर्वाधारलाई बढावा दिने र सार्वजनिक सेवालाई डिजिटल प्रणालीमार्फत उपलब्ध गराउन यो ऋण सहयोग उपयोग हुने छ । खास गरी यो परियोजनामार्फत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल र सामाजिक प्रकृतिका दर्तालाई डिजिटल प्रणालीमा उपलब्ध गराइने विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै परियोजनामार्फत सरकारको सुरक्षित बृहत् डेटा एक्सचेन्जको स्थापना र महìवपूर्ण सूचनाको संरक्षणका लागि डिजिटल लकर निर्माण गर्ने पनि हुने जनाइएको छ ।

परियोजनाले मालपोतसहित अन्य सार्वजनिक सेवालाई पनि उच्च प्रभावकारी बनाउन डिजिटल प्रणालीमा उपलब्ध गराउन सहयोग पु¥याउने छ । कानुनी र नियामकीय व्यवस्थामा आवश्यक सुधार ल्याएर डेटा पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउने उद्देश्य पनि परियोजनाले लिएको छ ।

त्यस्तै डिजिटल अर्थतन्त्रमा विश्वसनीयता बढाउन परियोजनामार्फत विद्युतीय हस्ताक्षर, साइबर सुरक्षा र डेटा सुशासनमा लगानी हुने उल्लेख छ ।

यस परियोजनाले सार्वजनिक सेवालाई डिजिटल रूपमा उपलब्ध गराएर नागरिक र व्यवसायलाई समावेशी र पारदर्शी बनाउन सहयोग पुग्ने विश्व बैङ्कका नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताउनुभयो ।

सहवित्तीय प्रकृतिको यो परियोजनामा एसियाली विकास बैङ्कले पनि चार करोड डलर उपलब्ध गराउने छ । एडिबीको बोर्डमा यस सम्बन्धमा आगामी मार्चमा छलफल हुने कार्यक्रम रहेको छ ।

यो परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागमार्फत कार्यान्वयन हुने छ ।

2