काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ११ पैसा र बिक्रीदर १४९ रुपियाँ ७१ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ९८ पैसा र बिक्रीदर १७६ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ३७ पैसा र बिक्रीदर २०३ रुपियाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ १७ पैसा र बिक्रीदर १९१ रुपियाँ ९४ पैसा कायम गरिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ २७ पैसा र बिक्रीदर १०६ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ४३ पैसा र बिक्रीदर १०८ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ३२ पैसा र बिक्रीदर ११७ रुपियाँ ७९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ८८ पैसा र बिक्रीदर २१ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ७३ पैसा र बिक्रीदर ३९ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ९० पैसा र बिक्रीदर ४१ रुपियाँ ०६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ६० पैसा र बिक्रीदर ४० रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २८ पैसा र बिक्रीदर १६ रुपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५५ पैसा र बिक्रीदर २३ रुपियाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ०४ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपियाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपियाँ २६ पैसा र बिक्रीदर ३९६ रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपियाँ २९ पैसा र बिक्रीदर ३८८ रुपियाँ ८५ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।