Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैनः प्रधानमन्त्री शाह

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैनः प्रधानमन्त्री शाह
अ+ अ-

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताउनभुएको हो ।

प्रधानमन्त्री शाहले लेख्नुभएको छ, “धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्”, “विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो”, वर्षौंदेखि धेरै सङ्गठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि भएको पनि स्पष्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “चाहने हो भने आजकै दिनमा ठुला सङ्गठन बनाउन सकिन्छ तर अर्को दलगत सङ्गठन थप्दैमा सुधार हुँदैन भन्ने कुरा विगतले देखाइसकेको छ ।”

प्रधानमन्त्री शाहले सरुवा र बढुवाको आधार दलगत निकटता नभएर विधि, क्षमता र दक्षता बन्नुपर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकुन्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजुन्, नेताको छहारी होइन । हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकुन् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति । कर्मचारीले जनताको सेवा सिकुन् कुनै दलको होइन ।”

उहाँले सरकारको यो कदम कुनै पार्टीविरुद्धको लडाइँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङ्क्रमणबाट मुक्त गर्ने यो प्रयास हो । त्यसैले तपाईंहरूकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ ।”

यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाईंहरूकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ । तपाईंहरू ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं ।”

2