Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर

आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
अ+ अ-

काठमाडौँ- सोमबारका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७८ रुपियाँ २५ पैसा रहेको छ । अमेरिकी डलर र युरोपियन युरोको विनिमयदर शनिबार पनि आजकै जति थियो ।

त्यसैगरी आजको युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३० पैसा र बिक्रीदर १०६ रुपियाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपियाँ ८२ पैसा र बिक्रीदर १९४ रुपियाँ ९५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा र बिक्रीदर १०९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ५६ पैसा र बिक्रीदर ११० रुपियाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ०१ पैसा र बिक्रीदर ११९ रुपियाँ ४९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ १८ पैसा र बिक्रीदर २२ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ २२ पैसा र बिक्रीदर ४० रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ४१ पैसा र बिक्रीदर ४१ रुपियाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ०८ पैसा र बिक्रीदर ४१ रुपियाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २९ पैसा र बिक्रीदर १० रुपियाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३९ पैसा र बिक्रीदर १६ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ७६ पैसा र बिक्रीदर २३ रुपियाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपियाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपियाँ ८४ पैसा र बिक्रीदर ३०१ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपियाँ ४५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2