Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘सरकारलाई विज्ञान शब्दसँग किन रिस ?’

‘सरकारलाई विज्ञान शब्दसँग किन रिस ?’
अ+ अ-

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन प्राधिकरण गठन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार धारणा राख्दै उहाँले सो माग राख्नुभएको हो ।

संसद बैठकमा आफूलाई स्वतन्त्र सांसद भनेर ५ मिनेट समय निर्धारण गरेकोप्रति उहाँले आपत्ति जनाउनुभयो । आफू स्वतन्त्र सांसद भए पनि समर्थक दलको सदस्यहरुभन्दा बढी रहेको उहाँले दावी गर्नुभयो ।

नीति तथा कार्यक्रममा ‘विज्ञान’ भन्ने शब्द उल्लेख नरहेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको युवाहरुले बनाएको सरकारले समेत विज्ञान शब्दप्रति के को रिस हो ? खै सम्बोधन गरेको ?” उहाँले आपत्ति जनाउनुभयो । विज्ञान प्रविधि, नवप्रवर्तन विषयमा ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विज्ञान प्रविधिको सम्बोधनविना देशको अर्थतन्त्र बलियो बन्न नसक्ने भन्दै उहाँले त्यसमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

2