Logo

तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा २ हजार ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने २लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा  १०५ ले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १० निर्धारण भएको छ ।