Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बक्यौता असुली र लेखा परीक्षण गराउन निर्देशन

बक्यौता असुली र लेखा परीक्षण गराउन निर्देशन
A A+ A-

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमातहतका सञ्चार संस्थाको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

ती संस्थाका प्रमुखसँग मङ्गलबार मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले बर्सौंदेखि थाती रहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापन प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो । बैठकमा गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष २०७९÷८० यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो । यसप्रति असन्तुष्टि जनाउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले रोकिएको लेखा परीक्षण तत्काल अगाडि बढाएर निर्धारित समयभित्र टुङ्ग्याउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले ती संस्थाको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो । “राज्यको स्रोत उपयोग गरेर सञ्चालन भएका संस्थाले आफ्नो वित्तीय व्यवस्थापन व्यवस्थित बनाउनु अनिवार्य छ । यसका लागि हरेक कर्मचारीले जिम्मेवार भएर काम गर्नुहोला,” उहाँले भन्नुभयो ।

छलफलका क्रममा सार्वजनिक सेवा प्रसारण संस्थाको करिब ३५ करोड, गोरखापत्र संस्थानको करिब ४१ करोड तथा राष्ट्रिय समाचार समिति (रासस) को करिब एक करोड बक्यौता रकम उठ्न बाँकी रहेको छ । ती रकम विभिन्न सरकारी निकाय, विज्ञापन एजेन्सी, विज्ञापनदाता संस्था तथा सेवा उपयोगकर्ताबाट असुल हुन बाँकी रहेको जनाइएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले आगामी दिनमा बक्यौतै नरहने गरी कारोबार प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो । सेवाग्राहीसँगको सम्झौता, विज्ञापन प्रकाशन तथा प्रसारण प्रक्रियालाई डिजिटल र पारदर्शी बनाउँदै समयमै भुक्तानी सुनिश्चित गर्ने प्रणाली विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसै गरी सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारी सञ्चार संस्थालाई केवल राज्यको अनुदानमा निर्भर रहने संरचनाबाट बाहिर निकालेर व्यावसायिक रूपमा सक्षम बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले बजार प्रतिस्पर्धा, डिजिटल सञ्चार विस्तार र निजी सञ्चार माध्यमको प्रभावबिच सरकारी सञ्चार संस्थाले आफ्नो विश्वसनीयता र आर्थिक आधार दुवै बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विशेष गरी गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था र रासस जस्ता पुराना सरकारी सञ्चार संस्था लामो समयदेखि आर्थिक सङ्कट, संरचनागत जटिलता, जनशक्ति व्यवस्थापन तथा डिजिटल रूपान्तरणको चुनौतीसँग जुधिरहेका छन् । विज्ञापन बजार सङ्कुचन, सरकारी निकायबाट हुने भुक्तानीमा ढिलाइ तथा परम्परागत सञ्चालन प्रणालीका कारण ती संस्थाको आम्दानीमा दबाब बढ्दै गएको छ ।

2