काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ७१ पैसा र बिक्रीदर १५२ रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ६४ पैसा र बिक्रीदर १७७ रुपियाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ५९ पैसा र बिक्रीदर २०४ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपियाँ ८३ पैसा र बिक्रीदर १९४ रुपियाँ ६० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ६४ पैसा र बिक्रीदर १०९ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ८४ पैसा र बिक्रीदर ११० रुपियाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ७६ पैसा र बिक्रीदर ११९ रुपियाँ २३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४२ पैसा र बिक्रीदर २२ रुपियाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४३ पैसा र बिक्रीदर ४० रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६६ पैसा र बिक्रीदर ४१ रुपियाँ ८२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३१ पैसा र बिक्रीदर ४१ रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ २६ पैसा र बिक्रीदर ३८ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४१ पैसा र बिक्रीदर १६ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६४ पैसा र बिक्रीदर २३ रुपियाँ ७३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३६ पैसा र बिक्रीदर १९ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपियाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३९५ रुपियाँ ६१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।