Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६२ पैसा र बिक्रीदर १५२ रुपियाँ २२ पैसा कायम गरिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४७ पैसा र बिक्रीदर १७७ रुपियाँ १७ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपियाँ २५ पैसा र बिक्रीदर २०५ रुपियाँ ०६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपियाँ ५३ पैसा र बिक्रीदर १९३ रुपियाँ २७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ २९ पैसा तथा बिक्रीदर १०८ रुपियाँ ७२ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ २५ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ १५ पैसा र बिक्रीदर ११८ रुपियाँ ६२ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४१ पैसा र बिक्रीदर २२ रुपियाँ ५० पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३८ पैसा र बिक्रीदर ४० रुपियाँ ५४ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६२ पैसा र बिक्रीदर ४१ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।

थाई भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४१ रुपियाँ २८ पैसा तथा बिक्रीदर ४१ रुपियाँ ४५ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७९ पैसा कायम गरिएको छ ।

त्यसैगरी, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपियाँ ८५ पैसा र बिक्रीदर ९ रुपियाँ ८९ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २४ पैसा र बिक्रीदर १६ रुपियाँ ३० पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६१ पैसा र बिक्रीदर २३ रुपियाँ ७० पैसा कायम गरिएको छ ।

हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्रीदर १९ रुपियाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ९६ पैसा तथा बिक्रीदर ४९५ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपियाँ ६६ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ३९३ रुपियाँ ८० पैसा र बिक्रीदर ३९५ रुपियाँ ३६ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ । भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।