Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

ललितपुरको बजेट सात अर्ब अठचालिस करोड

ललितपुरको बजेट सात अर्ब अठचालिस करोड
A A+ A-

काठमाडौँ- ललितपुर महानगरपालिकाले आगाामी आर्थिक वर्षका लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपियाँको बजेट नगर सभामा पेस गरेको छ । महानगरपालिकाले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख, पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले बुधबार उक्त बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो । उक्त बजेटका लागि महानगरपालिकाले सङ्घीय सरकारबाट एक अर्ब ३६ करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ ।

त्यस्तै आन्तरिक स्रोतका रूपमा रहेको आन्तरिक आयबाट तीन अर्ब ३५ करोड ५० लाख, अन्तरसरकारी अख्तियारीबाट एक अर्ब छ करोड २० लाख प्राप्त हुने अनुमान महानगरपालिकाले गरेको छ । आगामी आवका लागि विनियोजन गरिएको उक्त बजेटका लागि नपुग हुने एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले बताउनुभयो ।

चालु आवका लागि भने महानगरपालिकाले सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको थियो । आगामी आवका लागि पनि चालु आवकै हाराहारीमा बजेट सभामा पेस गरिएको हो ।

महानगरपालिकाले आगामी आवमा एकल, दलित अपाङ्गता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिने, नर्सरी फलफूल खेती तथा तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट दिने, विश्व सम्पदा क्षेत्रमा पर्ने सम्पदा क्षेत्रको मापदण्ड परिपालन गरी निर्माण गरिएका घरको सम्पत्ति कर छुटको घोषणा गरेको छ । त्यस्तै निजी क्षेत्रबाट सार्वजनिक सुविधाका लागि पार्किङ व्यवस्थापन सम्बन्धमा नक्सापास दस्तुरमा छुट प्रदान गर्ने नीति महानगरपालिकाले बनाएको छ । बजेट प्रस्तुत गर्नुअघि नगरप्रमुख चिरीबाबु महर्जनले उपप्रमुख शाक्यलाई बजेट पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । महानगरपालिकाले बजेटसँगै विनियोजन विधेयक र आर्थिक विधेयकसमेत नगर सभामा प्रस्तुत गरेको छ ।

असार ५ गते महानगरपालिकाको नगर सभामा पेस गरेको नीति तथा कार्यक्रममा नगर गौरवका योजना, विद्युत्, सडकबत्ती र सिसिटिभीको व्यवस्थापन, खानेपानी ढल व्यवस्थापन, सहरी व्यवस्थापन र विकास, विपत् जोखिम न्यूनीकरण, सरसफाइ र फोहोरमैला व्यवस्थापनलगायतका विषयलाई प्राथमिकता दिएको छ ।

महानगरपालिकाले यसअगाडि बाँकी रहेका अधुरा पूर्वाधारका योजना पूरा गर्ने सम्पदा संरक्षण र हरियाली प्रवर्धन विपत् जोखिम न्यूनीकरण, महानगरपालिकालाई थप सूचना र प्रविधिमैत्री बनाउनेलगायतका क्षेत्रमा बजेटलाई प्राथमिकता राखेको छ ।

2