Logo

सुनचाँदीको मूल्य बढ्यो

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रुपियाँ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।