Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

घट्यो आन्तरिक हवाई भाडा

अ+ अ-

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको समायोजन गरेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य (फ्युल सरचार्ज) मा प्रतिलिटर ४० रुपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले बुधबारदेखि नै लागु हुने गरी आन्तरिकतर्फको हवाई भाडा समायोजन गरेको हो ।

आयल निगमको असार १६ गतेको निर्णय अनुसार हवाई इन्धनको साबिकको प्रतिलिटर मूल्य २६९ रुपियाँबाट ४० रुपियाँ (१४.८७ प्रतिशत) ले घटेर प्रतिलिटर २२९ रुपियाँ कायम गरेसँगै प्राधिकरणले संशोधित हवाई भाडा कार्यान्वयनमा ल्याउन एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (एओएएन) लाई निर्देशन दिएको छ ।

समायोजन मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी उडानको इन्धन शुल्क एक हजार ५६५ रुपियाँ घटाएर आठ हजार ९५५ रुपियाँ कायम गरिएको छ ।

त्यस्तै काठमाडौँ–सुर्खेत उडानमा एक हजार २२० रुपियाँ घटाएर सात हजार पाँच सय, काठमाडौँ–माउन्टेन फ्लाइटमा एक हजार २१५ रुपियाँ घटाएर छ हजार ९५५, काठमाडौँ–नेपालगन्जमा एक हजार १५५ रुपियाँ घटाएर छ हजार ६०५ तथा काठमाडौँ–भद्रपुरमा एक हजार ६५ रुपियाँ घटाएर छ हजार ८५ रुपियाँ कायम गरिएको छ ।

त्यसै गरी काठमाडौँ–विराटनगर उडानमा ८५० रुपियाँ घटाएर चार हजार ८६५, पोखरा–नेपालगन्जमा ८४० रुपियाँ घटाएर चार हजार ८०५, काठमाडौँ–भैरहवामा ७३० रुपियाँ घटाएर चार हजार १७०, काठमाडौँ–राजविराजमा ७२५ रुपियाँ घटाएर चार हजार १४५, काठमाडौँ–तुम्लिङटारमा ६५० रुपियाँ घटाएर तीन हजार ७४० तथा काठमाडौँ–पोखराको ५६० रुपियाँ घटाएर तीन हजार २१५ र काठमाडौँबाट जनकपुर, पोखरा र भैरहवा उडानमा समान ४५५ रुपियाँ इन्धन शुल्क घटाइएको छ ।

2