Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

विमानस्थलबाट ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद

विमानस्थलबाट ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद
A A+ A-

काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ८२ लाख मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ । बरामद गरेको सुन तथा चाँदीका गरगहना परीक्षणका क्रममा सक्कली भएको पुष्टि भएको छ।

गएको असार १६ गते जुत्ता, पाइन्ट, सारी र अन्य कपडा रहेको भनी लुकाईछिपाई ल्याइएको अवस्थामा बरामद गरिएका ती गरगहनालाई बिहीबार काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ, क्षेत्रपाटीमा परीक्षण गराउँदा उक्त रहस्य खुलेको हो। परीक्षणका क्रममा सुनजस्तो देखिने धातुको गरगहना सक्कली सुन र चाँदीजस्तो देखिने धातुको गरगहना सक्कली चाँदी भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

विज्ञप्तिअनुसार बरामद गरिएको सुनको कुल परिमाण २८५.१७८ ग्राम रहेको छ, जसको बजार मूल्य ६७ लाख ३४ हजार ३५० कायम गरिएको छ। यसैगरी, चाँदीको कुल परिमाण तीन किलोग्राम ९१४.६५० ग्राम रहेको छ, जसको मूल्य १४ लाख ३८ हजार ४३ रहेको छ। बरामद गरिएको सुन र चाँदीको जम्मा कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रहेको प्रहरीले जनाएको छ।

वैध रूपमा खरिद गरिएको सुन र चाँदी भन्सारबाट ल्याउने कानुनी सुविधा हुँदाहुँदै गार्मेन्टका सामान भनी लुकाईछिपाई कुरियरमार्फत ल्याउन लागिएको अवस्थामा उक्त परिमाणको धातु बरामद गरिएको थियो। बरामद गरिएको सुन र चाँदीका विषयमा थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाई थप प्रक्रिया अगाडि बढाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिनुभयो।

2