काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३४ पैसा र बिक्रीदर १५२ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८१ पैसा र बिक्रीदर १७४ रुपियाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ २६ पैसा र बिक्रीदर २०४ रुपियाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ १८ पैसा र बिक्रीदर १८९ रुपियाँ ९३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ १६ पैसा र बिक्रीदर १०५ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ३१ पैसा र बिक्रीदर १०७ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ७४ पैसा र बिक्रीदर ११८ रुपियाँ २१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४४ पैसा र बिक्रीदर २२ रुपियाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५७ पैसा र बिक्रीदर ४० रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७९ पैसा र बिक्रीदर ४१ रुपियाँ ९६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४८ पैसा र बिक्रीदर ४१ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८४ पैसा र बिक्रीदर नौ रुपियाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७० पैसा र बिक्रीदर १५ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २५ पैसा र बिक्रीदर २३ रुपियाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ १० पैसा र बिक्रीदर ४०५ रुपियाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ७० पैसा र बिक्रीदर ३९७ रुपियाँ २६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।