Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

चीनसँग आर्थिक सहकार्य बढाइने

चीनसँग आर्थिक सहकार्य बढाइने
A A+ A-

काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल र चीनबिचको आर्थिक तथा व्यापारिक सहकार्यलाई थप प्रभावकारी, परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान डोङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँग मङ्गलबार भेट गर्दै उहाँले चीनसँगको बहुआयामिक सम्बन्ध दिगो बनाउन सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सो क्रममा मन्त्री यादवले व्यापार, लगानी, औद्योगिक विकास, पूर्वाधार निर्माण, व्यापार सहजीकरण, सीमापार पूर्वाधार विकास, निजी क्षेत्रबिचको सहकार्य तथा आपूर्ति शृङ्खला सुदृढीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपालमा सिर्जना गरिएको लगानीमैत्री वातावरण, कानुनी तथा नीतिगत सुधार तथा औद्योगिक विकासका सम्भावनाबारे जानकारी गराउँदै उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी थप अभिवृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा उपमन्त्री महामहिम यान डोङले नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन चीन सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाललाई चीनमा आयोजना हुने व्यापार मेला तथा एक्स्पोमा सहभागी गराउन आवश्यक सहजीकरण गरिने तथा तातोपानी र रसुवा नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको उहाँले जानकारी दिनुुभयो । उहाँले दुवै देशबिच रहेका सरकारीस्तरका द्विपक्षीय संयन्त्रमार्फत नियमित संवाद र बैठक सञ्चालन गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा उपमन्त्री यान डोङले नेपालमा वैदेशिक लगानी प्रवर्धनका लागि चीन सरकार सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्दै चिया, जडीबुटी तथा अन्य सम्भावित निर्यातयोग्य नेपाली उत्पादनको सम्भावनाबारे संयुक्त अध्ययन गर्न सकिने धारणा राख्नुभयो । सन् १९७८ पछि चीनले अवलम्बन गरेको खुला आर्थिक नीति, वैदेशिक लगानी प्रवर्धनका लागि अपनाइएका कर सहुलियत, व्यावसायिक वातावरण सुधार तथा प्रशासनिक सहजीकरणबाट प्राप्त अनुभव नेपालका लागि पनि उपयोगी हुन सक्ने बताउँदै व्यापार तथा आर्थिक सुधारका लागि एकीकृत अवधारणा अवलम्बन गर्न उहाँले सुझाव दिनुभयो ।

डोङले नेपालको प्रत्यक्ष वैदेशिक लगानीका प्रमुख स्रोत मुलुकमध्ये चीन अग्रणी रहेको उल्लेख गर्दै एकद्वार सेवा प्रणालीमार्फत थप सहज, पारदर्शी र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सके नेपालमा चिनियाँ लगानी अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयको साझा उद्देश्य व्यापार तथा लगानी प्रवर्धन रहेको उल्लेख गर्दै आगामी दिनमा थप समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

भेटवार्तामा नेपाल र जनवादी गणतन्त्र चीनबिचको घनिष्ठ मित्रता, आर्थिक साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

2