Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
अ+ अ-

काठमाडौँ-लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको काम भइरहेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

उहाँका अनुसार उद्योग परिसरमा वर्षौंदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ। साथै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् प्रसारण तथा विद्युत् जडानको काम पनि सँगसँगै अघि बढाइएको छ। यी काम सम्पन्न भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन गरिने उहाँले बताउनुभयो।

भण्डारीले लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणको वास्तविक अवस्था अध्ययन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।

उद्योग पुनः सञ्चालनका लागि चरणबद्ध रूपमा काम अघि बढाइएको छ। पहिलो चरणमा उद्योग परिसर व्यवस्थित बनाउने, आवश्यक पूर्वाधार तयार गर्ने तथा विद्युत् आपूर्तिको व्यवस्था मिलाउने काम भइरहेको छ। त्यसपछि मेसिन तथा उपकरणको निरीक्षण, मर्मत र प्राविधिक परीक्षणलगायतका प्रक्रिया अघि बढाइनेछन्।

चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा कपडा उद्योग मुलुकका पुराना सरकारी उद्योगमध्ये एक हो। विसं २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले एक समय स्वदेशी कपडा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले एक हजार २०० भन्दा बढीलाई रोजगारी दिएको थियो।

तर उद्योग विसं २०५६ देखि पूर्ण रूपमा बन्द छ। सरकारले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीतिअनुसार हेटौँडा कपडा उद्योगमा आवश्यक तयारी अघि बढाएको हो। सोही क्रममा उद्योग परिसरको सरसफाइ, विद्युत् जडान तथा अन्य आधारभूत पूर्वाधार व्यवस्थापनका काम भइरहेको सूचना अधिकारी भण्डारीले बताउनुभयो।

2