काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८६ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४० पैसा र बिक्रीदर १७७ रुपियाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ८० पैसा र बिक्रीदर २०८ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६९ पैसा र बिक्रीदर १०८ रुपियाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ५८ पैसा र बिक्रीदर ११० रुपियाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ३७ पैसा र बिक्रीदर ११९ रुपियाँ ८३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७४ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९७ पैसा र बिक्रीदर ४१ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २१ पैसा र बिक्रीदर ४२ रुपियाँ ३७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८९ पैसा र बिक्रीदर ४२ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ४० पैसा र बिक्रीदर १० रुपियाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ र बिक्रीदर १६ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६० पैसा र बिक्रीदर २३ रुपियाँ ६९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६३ पैसा र बिक्रीदर १९ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपियाँ ३६ पैसा र बिक्रीदर ५०२ रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ०९ पैसा बिक्रीदर ४०९ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ६२ पैसा र बिक्रीदर ४०१ रुपियाँ १७ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।