Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ८८ पैसा र बिक्रीदर २०७ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ४४ पैसा र बिक्रीदर १९१ रुपियाँ १८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३६ पैसा र बिक्रीदर १०७ रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ६६ पैसा र बिक्रीदर ११० रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ०४ पैसा र बिक्रीदर ११९ रुपियाँ ५१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १७ पैसा र बिक्रीदर ४२ रुपियाँ ३४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८६ पैसा र बिक्रीदर ४२ रुपियाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ३३ पैसा र बिक्रीदर १० रुपियाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९४ पैसा र बिक्रीदर १६ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५३ पैसा र बिक्रीदर २३ रुपियाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६१ पैसा र बिक्रीदर १९ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपियाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ७४ पैसा बिक्रीदर ४०९ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ३६ पैसा र बिक्रीदर ४०० रुपियाँ ९१ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।