काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८८ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १९ पैसा र बिक्रीदर २०७ रुपियाँ, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८६ पैसा र बिक्रीदर १०८ रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३९ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४३ पैसा र बिक्रीदर ११९ रुपियाँ ८९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७७ पैसा र बिक्रीदर २२ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०९ पैसा र बिक्रीदर ४१ रुपियाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ३० पैसा र बिक्रीदर ४२ रुपियाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ४१ पैसा र बिक्रीदर १० रुपियाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८८ पैसा र बिक्रीदर १५ रुपियाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५३ पैसा र बिक्रीदर २३ रुपियाँ ६२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६७ पैसा र बिक्रीदर १९ रुपियाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपियाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ९९ पैसा बिक्रीदर ४१० रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपियाँ ५५ पैसा र बिक्रीदर ४०२ रुपियाँ १० पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जयनाइएको छ ।
