Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

करदातालाई त्रसित नबनाउन निर्देशन

करदातालाई त्रसित नबनाउन निर्देशन
A A+ A-

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकलाई निर्देशन दिनुभएको छ ।

बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभागमातहतका कर अधिकृतलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कर सङ्कलनका क्रममा जबरजस्ती गर्ने र त्रसित बनाउने कार्य गर्न नहुने भन्दै कर अनुपालनामार्पmत करदातालाई करको दरमा समेट्न आग्रह गर्नुभयो । “करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,” अर्थमन्त्रीले वाग्लेले भन्नुभयो, “मैले बजारमा सुन्न पाऊँ कि कर प्रशासनमा ठुलो सुधार भएछ, कर तिर्न बोझ छैन र कोही पनि त्रसित छैनन् ।”

कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधि जस्ता समस्या आए निर्धक्क भन्न पनि उहाँले आग्रह गर्नुभयो । कर प्रशासनमा अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “करदाता खुसी हुनु प¥यो । कर उठाउनेले सहजीकरण गर्नुप¥यो र राजस्वको लक्ष्य पूरा हुनु प¥यो । मिसन १६ खर्बमा आन्तरिक राजस्वको विभागको लक्ष्य पूरा हुनु पर्छ ।”

यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेको रूपमा बुझ्न आग्रह गर्दै उहाँले आगामी चार आवको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताउनुभयो ।

बजेटमा दिइएको छुट स्किमको कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उहाँले विभागीय नेतृत्वलाई निर्देशन दिनुभयो ।

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट निकाल्न मन्त्रालयले प्रशस्त पहल गरिरहेको भन्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनका तर्फबाट पनि मिहिन ढङ्गले हेर्न आग्रह गर्नुभयो ।

2