Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

अफ सिजनमै अग्रिम बुकिङले पर्यटन व्यवसायी उत्साहित !

अ+ अ-

काठमाडौं। नेपालमा अहिले अन्तर्राष्ट्रिय पर्यटनको ‘अफ सिजन’ चलिरहेको छ। तर, पर्यटन बजार भने अपेक्षाभन्दा धेरै उत्साहजनक देखिएको छ। आगामी मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै होटल, ट्राभल र ट्रेकिङ प्याकेजमा उल्लेख्य अग्रिम बुकिङ आउन थालेपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

सेप्टेम्बरदेखि नोभेम्बरसम्म रहने मुख्य पर्यटकीय सिजनका लागि अहिले नै पाँचतारे होटलहरूमा ७० देखि ८० प्रतिशतसम्म कोठा बुकिङ भइसकेको छ। व्यवसायीहरूका अनुसार यसले कोभिडपछिको सुस्त पर्यटन उद्योग पूर्ण रूपमा पुनरुत्थानको बाटोमा रहेको स्पष्ट संकेत दिएको छ।

सन् २०१९ मा नेपालले करिब १२ लाख विदेशी पर्यटक भित्र्याएर ऐतिहासिक कीर्तिमान बनाएको थियो। त्यसपछि आएको कोभिड महामारीले पर्यटन क्षेत्रलाई गम्भीर संकटमा पुर्‍यायो। तर अहिलेको बुकिङ प्रवृत्ति हेर्दा त्यही रेकर्ड यसै वर्ष तोडिने सम्भावना बलियो बन्दै गएको व्यवसायीहरूको विश्वास छ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुलाईसम्म ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७ प्रतिशतले बढी हो। यदि वर्षको बाँकी पाँच महिनामा गत वर्षको तुलनामा करिब १० प्रतिशत मात्रै वृद्धि भए पनि वार्षिक पर्यटक आगमन साढे १२ लाख हाराहारी पुग्ने अनुमान गरिएको छ।

होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य का अनुसार अहिले अफ सिजन भए पनि अक्टोबर र नोभेम्बरका लागि आउने सोधपुछ र अग्रिम बुकिङ निकै उत्साहजनक छ। उनका अनुसार मुख्य सिजनमा देशभरका होटलहरूको अकुपेन्सी ७०–८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

शाक्यका अनुसार भारतीय र चिनियाँ पर्यटकको आगमन निरन्तर बढिरहेको छ भने ट्रेकिङ गन्तव्यमा पनि राम्रो चाप रहने संकेत देखिएको छ। काठमाडौं–पोखरा सडक तथा हवाई सम्पर्कमा आएको सुधारले भारतीय पर्यटकको संख्या थप बढाउन सहयोग पुगेको उनको भनाइ छ।

उनले मेरियट, हिल्टन, हायातजस्ता अन्तर्राष्ट्रिय होटल ब्रान्ड नेपालमा विस्तार हुँदै जानुले उच्चस्तरीय पर्यटक आकर्षित गर्न मद्दत पुग्ने बताए। मुस्ताङस्थित सिन्तामणि रिसोर्टले अन्तर्राष्ट्रिय स्तरमा पाएको प्रतिष्ठाले पनि नेपालको पर्यटन छविलाई थप बलियो बनाएको उनको विश्वास छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया ले पनि आगामी सिजनका लागि सकारात्मक संकेत देखिएको बताए। उनका अनुसार पश्चिम एसियाको तनावले केही असर पारे पनि नेपालप्रति पर्यटकको चासो घटेको छैन।

नाट्टाकी महासचिव युविका भण्डारी ले अफ सिजनमै देखिएको बुकिङ वृद्धिले आगामी मुख्य सिजन थप उत्साहजनक हुने आधार तयार गरेको बताइन्। उनका अनुसार पर्यटन उद्योगमा अहिले सकारात्मक वातावरण निर्माण भइरहेको छ।

पर्यटन व्यवसायीहरूका अनुसार पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि भने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स लाई बलियो बनाउनुपर्ने आवश्यकता अझै कायमै छ। नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईं का अनुसार अन्तर्राष्ट्रिय उडानका लागि पर्याप्त जहाज नहुँदा नेपालले सम्भावित पर्यटक गुमाइरहेको छ भने त्यसको लाभ विदेशी वायुसेवा कम्पनीहरूले लिइरहेका छन्।

उनीहरूको भनाइमा चीन, भारत र अमेरिकाजस्ता प्रमुख बजारबाट पर्याप्त उडान विस्तार, अन्तर्राष्ट्रिय प्रचारप्रसार र पर्यटन पूर्वाधारमा थप लगानी गर्न सके नेपालले अझ धेरै पर्यटक भित्र्याउन सक्छ।

होटल व्यवसायी शशिकान्त अग्रवाल ले नेपालले पर्यटनको लक्ष्य नै सानो राखेर अघि बढेकाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए। उनका अनुसार नेपालले अब वार्षिक ३० लाख विदेशी पर्यटक भित्र्याउने दीर्घकालीन लक्ष्यसहित रणनीति बनाउनुपर्ने बेला आएको छ।

उनले विश्वबजारमा नेपालका पर्यटकीय गन्तव्यको प्रभावकारी ब्रान्डिङ, आधुनिक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रचारबिना पर्यटन क्षेत्रले आफ्नो वास्तविक सम्भावना हासिल गर्न नसक्ने धारणा व्यक्त गरे।

2