udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धौवादी खानी सुरु नहुँदै सरकारकै रोयल्टीको चपेटामा

धौवादी खानी सुरु नहुँदै सरकारकै रोयल्टीको चपेटामा
A A+ A-

काठमाडौं । नेपालमै फलामको ठूलो भण्डार भेटिएपछि वर्षौंदेखि अध्ययन र अन्वेषणमा रहेको धौवादी फलाम खानीलाई सरकारले आफ्नै लगानीमा सञ्चालन गर्ने तयारी गरिरहेको छ । तर खानी सञ्चालनको तयारी अघि बढाइरहेकै सरकारले फलाम उत्खननमा लाग्ने रोयल्टी एकैपटक ४०० प्रतिशत बढाउने प्रस्ताव अघि सारेको छ । खानी सञ्चालनका लागि पूर्वाधार र अध्ययनमा राज्यको लगानी बढिरहेको बेला उत्पादन लागत नै बढाउने गरी ल्याइएको रोयल्टी प्रस्तावले धौवादी परियोजनाको आर्थिक सम्भाव्यतामाथि प्रश्न उठाएको छ ।

प्रस्तावित खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा फलाम उत्खननबापतको रोयल्टी प्रतिटन ४० रुपैयाँबाट बढाएर २०० रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । अर्थात् अहिलेको दरको तुलनामा पाँच गुणा बढी रोयल्टी तिर्नुपर्नेछ । धौवादी खानी व्यावसायिक उत्पादनमा जानुअघि नै लागत बढाउने यस्तो नीतिले स्वदेशी फलामलाई आयातित कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्न थप कठिन बनाउने उद्योगीहरूको तर्क छ ।

अर्बौं लगानीको खानी, उत्पादनअघि नै बढ्यो लागतको जोखिम

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी क्षेत्रमा नाम्जाकोटदेखि धौवादीसम्म करिब १० किलोमिटर क्षेत्रमा फलामको ठूलो भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी तथा भूगर्भ विभागले विभिन्न चरणमा गरेको अध्ययन तथा अन्वेषणका आधारमा उक्त क्षेत्रमा करिब १० करोड टन फलामको कच्चा पदार्थ रहेको प्रक्षेपण गरेको छ ।

सरकारी स्वामित्वको धौवादी फलाम कम्पनी लिमिटेडले गरेको पछिल्लो अध्ययनले थप करिब पाँच करोड टन फलाम रहेको अनुमान गरेको छ । प्रारम्भिक र पछिल्ला अध्ययनलाई आधार मान्दा धौवादी क्षेत्रमा अनुमानित फलाम भण्डार करिब १५ करोड टनसम्म पुग्ने देखिन्छ ।

यही सम्भावनालाई व्यावसायिक उत्पादनमा लैजान सरकारले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरेको हो । खानी तथा भूगर्भ विभागले २०७३ सालदेखि उक्त क्षेत्रमा भौगर्भिक अध्ययन, अन्वेषण, सतही नमुना संकलन, परीक्षण तथा ड्रिलिङ गर्दै आएको छ ।

कम्पनीले पोखरी–धौवादी र दुर्लुंगा क्षेत्रका लागि खास खनिज खोजतलासको अनुमतिपत्रसमेत लिइसकेको छ । दुवै क्षेत्रको खानी योजना तयार गरी स्वीकृतिका लागि विभागमा पेश गरिएको र उत्खननका लागि सैद्धान्तिक सहमतिको प्रक्रिया अघि बढेको कम्पनीको भनाइ छ ।

खानीसम्म पुग्ने सडक तथा अन्य पूर्वाधार निर्माण र स्तरोन्नतिको कामसमेत अघि बढिरहेको छ । उद्योग मन्त्रालयका अधिकारीहरूले धौवादीबाट वार्षिक करिब पाँच लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने र त्यसबाट नेपालको फलामजन्य वस्तुको मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने सम्भावना औंल्याएका छन् ।

तर खानीको सम्भाव्यता केवल जमिनमुनि कति फलाम छ भन्ने कुराले निर्धारण गर्दैन । त्यसलाई कति लागतमा निकाल्न सकिन्छ र बजारमा आयातित फलामसँग कति प्रतिस्पर्धी मूल्यमा बेच्न सकिन्छ भन्ने विषय अझ निर्णायक हुन्छ । यही ठाउँमा प्रस्तावित रोयल्टीले धौवादीको गणित बिगार्न सक्ने जोखिम देखिएको हो ।

४० रुपैयाँबाट २०० रुपैयाँ, भारतसँगको प्रतिस्पर्धा थप कठिन

फलामको रोयल्टी बढाउने प्रस्तावको सबैभन्दा ठूलो प्रश्न यसको समयलाई लिएर उठेको छ । एकातिर सरकारले स्वदेशी फलाम उत्पादनलाई आयात प्रतिस्थापनको माध्यम बनाउने लक्ष्य राखेको छ, अर्कोतिर उत्पादन सुरु गर्नुअघि नै त्यसको प्रत्यक्ष लागत बढाउने व्यवस्था अघि सारिएको छ ।

फलाम उद्योगका लागि कच्चा पदार्थको लागत निर्णायक हुन्छ । नेपालमा उत्पादन हुने फलामले भारतलगायतका मुलुकबाट आउने स्पन्ज आइरन तथा अन्य कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । आयातित कच्चा पदार्थ सस्तो पर्ने तर स्वदेशी खानीबाट निकालिएको फलाममा रोयल्टीसहित अन्य लागत थपिँदै जाने हो भने घरेलु उत्पादन महँगो पर्न सक्छ ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक शिवकुमार बास्कोटाका अनुसार हाल नेपालमा फलाम उत्खनन नभइरहेकाले प्रस्तावित रोयल्टीको तत्काल प्रत्यक्ष असर देखिने अवस्था छैन । उनका अनुसार मन्त्रिपरिषद्बाट रोयल्टीको दर थपघट गर्न सकिने व्यवस्था रहेकाले यो दर लचिलो हुन सक्छ ।

बास्कोटाले बजार मूल्यको करिब २ प्रतिशत हाराहारीमा रोयल्टी कायम हुने गरी प्रस्ताव गरिएको र व्यावसायिक उत्खनन अघि बढ्दा आवश्यकताअनुसार दर घटाउन सकिने बताएका छन् ।

तर उद्योगीका लागि समस्या यहीँबाट सुरु हुन्छ । खानी सञ्चालन गर्ने लगानीकर्ता वा सरकारले परियोजनाको आर्थिक सम्भाव्यता मूल्यांकन गर्दा भविष्यमा तिर्नुपर्ने रोयल्टीलाई पनि लागतमा जोड्नुपर्छ । सुरुमा दर उच्च राखेर पछि घटाउने आश्वासन मात्र लगानीको आधार बन्न नसक्ने उद्योगीहरूको तर्क छ ।

उद्योगी राजेश अग्रवालले रोयल्टी बढाउने प्रस्तावले उद्योग सञ्चालनमै बाधा पुग्ने अवस्था सिर्जना गरेको बताएका छन् । उनका अनुसार अनावश्यक रूपमा रोयल्टी बढाउँदा स्वदेशी उत्पादन महँगो हुने र त्यसले देशकै औद्योगिक विकासमा अवरोध पुर्‍याउने जोखिम हुन्छ ।

रोयल्टी प्रतिटन ४० रुपैयाँबाट २०० रुपैयाँ पुग्दा प्रतिटन अतिरिक्त १६० रुपैयाँ लागत थपिन्छ । पाँच लाख टन वार्षिक उत्पादनको लक्ष्य राखिएको अवस्थामा यही अतिरिक्त रोयल्टी मात्रै गणना गर्दा वार्षिक ८ करोड रुपैयाँ बराबरको थप लागत आउन सक्छ । यो रकम रोयल्टीको प्रत्यक्ष प्रभाव मात्र हो । उत्पादन, ऊर्जा, श्रम, ढुवानी, प्रशोधन, वित्तीय लागत र पूर्वाधार खर्च जोडिँदा स्वदेशी फलामको वास्तविक लागत अझ बढ्न सक्छ ।

सरकारी लगानी र कर नीतिबीच तालमेल कहाँ छ ?

धौवादी परियोजनाको सबैभन्दा ठूलो विरोधाभास यही हो । सरकारले आफैं कम्पनी स्थापना गरेर खानीको खोजतलासदेखि पूर्वाधार निर्माणसम्म लगानी गरिरहेको छ । व्यावसायिक उत्पादन सुरु भएपछि आयात प्रतिस्थापन, विदेशी मुद्रा बचत, रोजगारी र औद्योगिक विस्तारको अपेक्षा गरिएको छ ।

तर त्यही परियोजनाको उत्पादन लागत बढाउने गरी रोयल्टी दर बढाउने प्रस्ताव अघि सारिएको छ । यसले सरकारी निकायहरूबीच नीतिगत समन्वय कति छ भन्ने प्रश्न उठाएको छ ।

धौवादीमा फलामको भण्डार हुनु मात्रै परियोजनाको सफलता होइन । त्यसलाई आर्थिक रूपमा उत्खनन गर्न सक्ने, प्रशोधन गर्न सक्ने र बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ । यदि स्वदेशी उत्पादनको लागत आयातित फलामभन्दा बढी भयो भने ठूलो भण्डार भएर पनि खानी व्यावसायिक रूपमा आकर्षक नहुन सक्छ ।

त्यसैले धौवादीको वास्तविक चुनौती खानीमा फलाम छ कि छैन भन्ने होइन, त्यो फलामलाई कति लागतमा बजारसम्म ल्याउन सकिन्छ भन्ने हो ।

यस परियोजनामा सरकारले अहिलेसम्म गरेको अध्ययन, अन्वेषण र पूर्वाधार लगानीलाई हेर्दा धौवादी केवल एउटा खानी परियोजना होइन । यो नेपालको आयात प्रतिस्थापन र औद्योगिक कच्चा पदार्थमा आत्मनिर्भर बन्ने प्रयाससँग जोडिएको परियोजना हो । त्यसैले यसको लागत संरचना निर्धारण गर्ने रोयल्टी नीतिले परियोजनाको भविष्यमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।

सरकारले रोयल्टी बढाउनुको कारण स्पष्ट गर्नुपर्ने प्रश्न पनि यहीँबाट उठ्छ । यदि राज्यको उद्देश्य खानीबाट अधिकतम राजस्व उठाउनु हो भने उत्पादन सुरु हुनुअघि नै उच्च रोयल्टी राख्दा उत्पादन नै अव्यावहारिक बन्ने जोखिम हुन्छ । उत्पादन नै भएन भने उच्च रोयल्टीबाट राज्यले राजस्व पाउने अवस्था पनि आउँदैन ।

अर्कोतर्फ बजार मूल्यसँग जोडेर रोयल्टी निर्धारण गर्ने हो भने अन्तर्राष्ट्रिय मूल्य, आयातित कच्चा पदार्थको मूल्य, स्वदेशी उत्पादन लागत र उद्योगको प्रतिस्पर्धी क्षमता सबैलाई आधार बनाउनुपर्ने हुन्छ ।

धौवादीको अनुमानित १५ करोड टन हाराहारीको फलाम भण्डार नेपालको औद्योगिक भविष्यका लागि ठूलो सम्भावना हो । तर सम्भावना र व्यावसायिक उत्पादनबीचको दूरी नीति र लागतले निर्धारण गर्छ ।

सरकारले धौवादीलाई साँच्चिकै सञ्चालनमा ल्याउन चाहेको हो भने रोयल्टी, कर, ऊर्जा, पूर्वाधार, वित्तीय लागत र बजार प्रतिस्पर्धालाई एउटै प्याकेजमा हेर्नुपर्ने हुन्छ । एउटा हातले सरकारी लगानी बढाउने र अर्को हातले उत्पादनको लागत बढाउने नीति जारी रहे धौवादी खानी सञ्चालन हुनुअघि नै आर्थिक हिसाबले कमजोर बन्न सक्छ ।

अन्ततः प्रश्न धौवादीमा कति फलाम छ भन्नेभन्दा पनि सरकारले त्यसलाई निकालेर नेपालमै प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्न सक्ने वातावरण बनाउँछ कि रोयल्टी र लागतको भारले फेरि आयातित फलाममै निर्भर बनाउँछ भन्ने हो ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action