काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीन शैक्षिक संस्था तथा पुनर्स्थापना केन्द्रलाई विभिन्न शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ।
बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–ताथलीस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र, नवलपरासीको पालडाँडास्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ ठोकर्पास्थित बाघ भैरव माध्यमिक विद्यालयलाई सहयोग गरेको हो।
शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयमा अध्ययनरत ५०६ भन्दा बढी विद्यार्थीको डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले डिजिटल बोर्ड उपलब्ध गराएको छ। साउन २० गते आयोजित कार्यक्रममा बैंकका सुनवल सर्कल हेड तिलक राम खनाल र बर्दघाट शाखा प्रमुख प्रेम पौडेलले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाईंलाई डिजिटल बोर्ड हस्तान्तरण गरेका थिए।
त्यसैगरी, विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रद्वारा सञ्चालित अटिजम स्कुल भवनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक विद्युतीय वायरिङ तथा रङरोगनका लागि बैंकले सहयोग गरेको छ। साउन २१ गते आयोजित कार्यक्रममा बैंकका काठमाडौं पूर्व सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए।
बैंकले सिन्धुपाल्चोकको बाघ भैरव माध्यमिक विद्यालयका ३०२ भन्दा बढी विद्यार्थीका लागि विद्यालय झोला तथा प्रोजेक्टरसमेत उपलब्ध गराएको छ। साउन २२ गते आयोजित कार्यक्रममा बैंकका बनेपा सर्कल हेड अमृत मान श्रेष्ठ र ईएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्यालले विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
बैंकका अनुसार सहयोगबाट विद्यार्थीको पठनपाठन सहज हुनुका साथै डिजिटल शिक्षाको पहुँच विस्तार र शैक्षिक वातावरण सुधारमा योगदान पुग्नेछ। साथै, विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा आवश्यक भौतिक पूर्वाधार तयार गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।
