udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्यास अभावले थलियो बंगलादेश, बिजुली जोगाउन राति ८ बजेपछि बजार बन्द

ग्यास अभावले थलियो बंगलादेश, बिजुली जोगाउन राति ८ बजेपछि बजार बन्द
A A+ A-

एजेन्सी । बंगलादेश यतिबेला गम्भीर ऊर्जा संकटको सामना गरिरहेको छ। प्राकृतिक ग्यासको आपूर्ति घटेपछि विद्युत् उत्पादन प्रभावित भएको छ भने देशका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत् कटौती हुन थालेको छ। संकट गहिरिँदै गएपछि सरकारले ऊर्जा खपत घटाउन व्यापारिक गतिविधिमै समयसीमा लगाउने तयारी गरेको छ।

बंगलादेशमा पछिल्लो ऊर्जा संकटको मुख्य कारण प्राकृतिक ग्यासको अभाव बनेको छ। देशका दुईवटा तैरिने एलएनजी आयात तथा पुनःग्यासिफिकेसन केन्द्रमध्ये अमेरिकी कम्पनी एक्सेलेरेट इनर्जीले सञ्चालन गरेको एउटा केन्द्र जुलाई २१ मा प्राविधिक समस्यापछि बन्द हुँदा दैनिक करिब ४५० मिलियन क्युबिक फिट ग्यास आपूर्ति प्रभावित भएको थियो। यो राष्ट्रिय ग्यास आपूर्तिको करिब १७ प्रतिशत हो।

त्यसअघि नै बंगलादेशको ग्यास आपूर्ति मागभन्दा निकै कम थियो। पेट्रोबंगलाका अनुसार दैनिक ग्यास माग करिब ३ हजार ८ सय मिलियन क्युबिक फिट रहेकामा आपूर्ति करिब २ हजार ६ सय २० मिलियन क्युबिक फिट थियो। एलएनजी केन्द्र बन्द भएपछि आपूर्ति करिब २ हजार १ सय ७० मिलियन क्युबिक फिटमा झरेको थियो।

यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको छ। ग्यासमा आधारित विद्युत् केन्द्रहरूले पर्याप्त इन्धन नपाउँदा उत्पादन घटेको छ र ग्रामीण तथा औद्योगिक क्षेत्रमा लामो समयसम्म लोडसेडिङ भइरहेको छ। राजधानी ढाकाबाहिरका कतिपय क्षेत्रमा दैनिक ८ देखि १० घण्टासम्म विद्युत् कटौती भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

एलएनजी संकटले उद्योगदेखि घरसम्म असर

एलएनजी केन्द्रमा आएको समस्या बिस्तारै उद्योग, यातायात र घरायसी उपभोगसम्म फैलिएको छ। ग्यासको दबाब घटेपछि ढाका तथा आसपासका क्षेत्रमा सीएनजी स्टेसनहरूमा समेत आपूर्ति प्रभावित भएको थियो। कतिपय स्थानमा सीएनजीका लागि लामो लाइन लागेको रिपोर्ट सार्वजनिक भएका छन्।

औद्योगिक क्षेत्रमा पनि संकटको असर गम्भीर देखिएको छ। कपडा, स्पिनिङ, सिरेमिक र मल उद्योगहरू पर्याप्त ग्यास नपाउँदा क्षमताभन्दा कम उत्पादन गर्न बाध्य भएका छन्। ग्यास अभावका कारण उत्पादन लागत बढ्नुका साथै निर्यातमुखी उद्योगको प्रतिस्पर्धात्मक क्षमतामाथि समेत दबाब परेको छ।

बंगलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोसाक तथा कपडा उद्योगसमेत ऊर्जा संकटबाट प्रभावित भएको छ। यसअघि नै ग्यास अभावका कारण प्रमुख औद्योगिक क्षेत्रमा उत्पादन क्षमता २५ देखि ३० प्रतिशतसम्म प्रभावित भएको उद्योगीहरूले बताएका थिए।

कृषि क्षेत्र पनि संकटबाट अछुतो छैन। विद्युत् आपूर्ति अवरुद्ध हुँदा किसानहरू सिँचाइ तथा अन्य कामका लागि डिजेल जेनेरेटरमा निर्भर हुन थालेका छन्। झिँगे माछापालनमा समेत विद्युत् कटौतीको असर परेको छ। एरेटर बन्द हुँदा पानीमा अक्सिजनको मात्रा घट्ने भएकाले माछा मर्ने जोखिम बढेको किसानहरूले बताएका छन्।

भारतसँग डिजेल मागदेखि ऊर्जा मितव्ययितासम्म

ऊर्जा संकट व्यवस्थापनका लागि बंगलादेशले भारतसँग समेत थप डिजेल आपूर्तिको आग्रह गरिसकेको छ। यसअघि बंगलादेशले भारतसँग अतिरिक्त डिजेल तथा मल आपूर्तिका लागि अनुरोध गरेको थियो। भारतले बंगलादेशको आग्रहलाई विचार गर्ने जनाएको थियो।

बंगलादेशले भारतबाट पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको छ। मार्चमा मात्रै भारतबाट इन्डिया–बंगलादेश फ्रेन्डसिप पाइपलाइनमार्फत ५ हजार टन डिजेल बंगलादेश पुगेको थियो। बंगलादेश पेट्रोलियम कर्पोरेसनले त्यस वर्ष थप ५० हजार टन डिजेल मागसमेत गरेको थियो।

ऊर्जा संकटको दबाब कम गर्न सरकारले विद्युत् खपत घटाउने उपायलाई पनि कडाइ गर्न थालेको छ। पसल, बजार तथा सपिङ मलहरूलाई राति ८ बजेसम्म बन्द गर्ने व्यवस्था यसअघि नै ऊर्जा बचत अभियानअन्तर्गत लागू गरिएको थियो। होटल, औषधि पसल तथा अत्यावश्यक सेवाहरूलाई भने छुट दिइएको थियो।

सरकारले ऊर्जा बचतका लागि व्यापार मेला, सांस्कृतिक कार्यक्रम र विज्ञापन बोर्डको प्रकाशमा समेत समयसीमा लगाएको छ। यसअघि केही अवधिमा पसल तथा सपिङ मल बन्द गर्ने समय ७ बजेसम्म झारिएको थियो भने पछि व्यवसायीको मागअनुसार ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको थियो।

संकटको अर्को कारण विश्व ऊर्जा बजार

बंगलादेशको अहिलेको समस्या केवल एउटा एलएनजी टर्मिनल बन्द हुनुमा सीमित छैन। अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको अस्थिरता र मध्यपूर्वको द्वन्द्वले एलएनजी आपूर्तिमाथि थप दबाब सिर्जना गरेको छ।

कतारले पनि यस वर्ष बंगलादेशका लागि निर्धारित एलएनजी आपूर्ति आधा घटाएको थियो। स्ट्रेट अफ हर्मुजमा उत्पन्न सुरक्षा तथा ढुवानी जोखिमका कारण एलएनजी आपूर्ति प्रभावित भएपछि बंगलादेश वैकल्पिक स्रोतबाट ग्यास जुटाउन बाध्य भएको हो।

यद्यपि बन्द भएको एलएनजी टर्मिनलको एउटा पुनःग्यासिफिकेसन युनिट अगस्ट ६ देखि आंशिक रूपमा सञ्चालनमा आएको छ। त्यसबाट दैनिक करिब ११५ मिलियन क्युबिक फिट ग्यास राष्ट्रिय ग्रिडमा थपिन थालेको छ। तर पूर्ण क्षमतामा सञ्चालन हुन अझै मर्मत तथा उपकरण जडानको काम जारी छ।

यसबीच बंगलादेश सरकारले ऊर्जा खपत नियन्त्रणलाई तत्कालीन समाधानका रूपमा अघि बढाएको छ। तर ग्यास आयातमा उच्च निर्भरता, घट्दो घरेलु उत्पादन, अन्तर्राष्ट्रिय बजारको अस्थिरता र विद्युत् उत्पादनमा प्राकृतिक ग्यासमाथिको निर्भरता कायम रहेसम्म संकट दीर्घकालीन रूपमा समाधान गर्न थप पूर्वाधार र वैकल्पिक ऊर्जा स्रोत आवश्यक देखिएको छ।

नेपालसँगको ऊर्जा सम्बन्धका दृष्टिले पनि यो संकट महत्वपूर्ण छ। बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गरिरहेको अवस्थामा त्यहाँको ऊर्जा अभावले क्षेत्रीय विद्युत् व्यापार, प्रसारण पूर्वाधार र नेपाल–बंगलादेश ऊर्जा सहकार्यको सम्भावनालाई समेत थप चर्चामा ल्याएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action