Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

मुद्दापछि एनआईएमबीको स्पष्टीकरण : ‘बैंकिङ कारोबारमा कुनै असर छैन’

मुद्दापछि एनआईएमबीको स्पष्टीकरण : ‘बैंकिङ कारोबारमा कुनै असर छैन’
A A+ A-

काठमाडौं । अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकको नियमित कारोबार प्रभावित नभएको स्पष्ट पारेको छ । बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै ग्राहक सेवा तथा दैनिक कार्यसम्पादन पूर्ववत् रूपमा सञ्चालन भइरहेको जनाएको हो ।

बैंकका अनुसार प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा अध्यक्ष, सञ्चालकहरू तथा सीईओविरुद्ध मुद्दा दायर भएको हो । उक्त घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुद्दा दायर भए पनि बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र बैंकका सम्पूर्ण सेवा नियमित, सुरक्षित तथा निर्बाध रूपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ । बैंकले संस्थाको सबलता, ग्राहकको हित र समग्र बैंकिङ प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारेको छ ।

यसअघि बैंकका सञ्चालक तथा सीईओविरुद्ध मुद्दा दायर भएको घटनाबारे नेपाल राष्ट्र बैंकले पनि बैंकको वित्तीय अवस्था सुरक्षित र सबल रहेको जनाएको थियो । केन्द्रीय बैंकका अनुसार बैंकको दैनिक सञ्चालनमा कुनै जटिलता देखिएको छैन र तरलतालगायत वित्तीय सबलताका प्रमुख सूचकहरू नियामकीय मापदण्डअनुसार सन्तोषजनक छन् ।

बैंकले बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि आग्रह गरेको छ ।

साथै बैंकले सामाजिक सञ्जाल तथा अन्य माध्यममा आएका अपुष्ट सूचना र अनुमानका आधारमा धारणा नबनाउन आग्रह गरेको छ । बैंकसँग सम्बन्धित विषयमा आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले निक्षेपकर्ता, ग्राहक, सेयरधनी तथा अन्य सरोकारवालालाई अनुरोध गरेको छ ।

यसैबीच, मुद्दा दायर भएको घटनाले बैंकको नेतृत्व परिवर्तन हुने वा नियमित कामकाजमा अवरोध आउने अवस्था नरहेको बैंकले स्पष्ट पारेको छ ।

2