Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने ५२ करोड

अ+ अ-

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६३.०५ प्रतिशतले बढाउँदै २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमै ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले बढेको छ ।

नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ८ रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । यसले बैंकको प्रतिशेयर आम्दानी क्षमतामा सुधार आएको देखाउँछ ।

बैंकको नाफा वृद्धिमा मुख्य भूमिका नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीले खेलेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षमा ८२ करोड ९४ लाख रुपैयाँमा झरेको छ । अर्थात् इम्पेयरमेन्ट चार्ज ६९.०५ प्रतिशतले घटेको छ । करिब १ अर्ब ८५ करोड रुपैयाँको यस्तो खर्च घट्दा बैंकको खुद नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव परेको हो ।

यस्तै, बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ भने आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशत कायम भएको छ । फन्डिङ लागत र आधार दरमा आएको कमीले बैंकको ब्याजदर व्यवस्थापनमा सुधार भएको संकेत गर्छ ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेको छ । त्यस्तै, नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले वृद्धि भएको छ । यसले ब्याज आम्दानीबाहेकका आम्दानी स्रोतमा समेत सुधार आएको देखाउँछ ।

पूँजीतर्फ पनि बैंकको स्थिति केही बलियो बनेको छ । टायर–१ क्यापिटल एडिक्वेसी रेसियो अघिल्लो आर्थिक वर्षको ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो भने १२.४७ प्रतिशत कायम छ ।

तर, खुद नाफा २ अर्ब रुपैयाँभन्दा माथि पुगे पनि बैंकको वितरणयोग्य नाफा भने तुलनात्मक रूपमा निकै कम छ । नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ । यो चुक्ता पूँजीको ३.३७ प्रतिशत बराबर हो ।

खुद नाफा र वितरणयोग्य नाफाबीच ठूलो अन्तर देखिनुको मुख्य कारण नियामकीय समायोजन हो । बैंकले डिफर्ड ट्याक्स एसेट्समा ४३ करोड ३८ लाख रुपैयाँ तथा गैरबैंकिङ सम्पत्ति (एनबीए) मा २९ करोड १० लाख रुपैयाँ बराबरको समायोजन गरेको छ ।

त्यस्तै, इन्ट्रेस्ट रिसिभेबल, एक्चुरियल लस, इन्ट्रेस्ट क्यापिटलाइज्ड रिजर्भलगायतका अन्य नियामकीय शीर्षकमा समेत आवश्यक समायोजन गरिएको छ ।

यसरी हेर्दा सिटिजन्स बैंकको सञ्चालन तथा नाफा क्षमतामा उल्लेख्य सुधार देखिए पनि नियामकीय समायोजनका कारण वितरणयोग्य नाफा भने ५२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ । खुद नाफा, ईपीएस, इम्पेयरमेन्ट खर्च, निक्षेप लागत र आधार दरमा आएको सुधार बैंकको वित्तीय प्रदर्शनका प्रमुख सकारात्मक पक्ष बनेका छन् ।

2