Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

हिमालयन बैंकको नाफा १ हजार ४१% बढ्यो, प्रोभिजनिङ घट्दा १.४८ अर्बमा पुग्यो

हिमालयन बैंकको नाफा १ हजार ४१% बढ्यो, प्रोभिजनिङ घट्दा १.४८ अर्बमा पुग्यो
A A+ A-

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ हजार ४१ प्रतिशतले बढाउँदै १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुर्‍याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँमा सीमित थियो । एक वर्षमै करिब १ अर्ब ३५ करोड रुपैयाँले नाफा बढ्नुमा प्रोभिजनिङमा आएको उल्लेख्य कमी मुख्य कारण देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको थियो । गत आर्थिक वर्षमा यस्तो रकम घटेर २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँमा झरेको छ । अर्थात् प्रोभिजनिङ करिब ८६ करोड रुपैयाँले घटेको छ, जसले बैंकको खुद नाफामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

तर, नाफा बढे पनि बैंकको मुख्य आम्दानी स्रोत भने दबाबमा देखिएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १५.७३ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख ४२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड ६० लाख ७७ हजार रुपैयाँ रहेको छ ।

नाफामा ठूलो सुधार देखिए पनि बैंकको वितरणयोग्य नाफा भने कमजोर छ । बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसले खुद नाफा बढे पनि तत्काल लाभांश वितरण गर्न सक्ने क्षमतामा ठूलो दबाब रहेको देखाउँछ ।

२२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रुपैयाँ सञ्चित छ ।

बैंकको व्यवसाय विस्तारतर्फ भने निक्षेप बढेको छ । गत असारसम्म बैंकले ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.७२ प्रतिशत बढी हो । तर, कर्जा लगानी भने १.२३ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ७२.७४ प्रतिशत रहेको छ ।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ०.६० रुपैयाँ रहेको ईपीएस बढेर गत आर्थिक वर्षमा ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २९.६७ गुणा रहेको छ ।

खराब कर्जातर्फ भने सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ७.९६ प्रतिशतमा आएको छ । यद्यपि, बैंकिङ क्षेत्रमा यो अनुपात अझै उच्च स्तरमै रहेको देखिन्छ ।

पूँजी पर्याप्ततामा भने सुधार भएको छ । बैंकको टायर–१ क्यापिटल एडिक्वेसी रेसियो ७.६९ प्रतिशतबाट बढेर ८.१९ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो ११.६९ प्रतिशत कायम रहेको छ ।

समग्रमा हिमालयन बैंकको खुद नाफा एक वर्षमै १ हजार ४१ प्रतिशतले बढे पनि यसको मुख्य कारण व्यवसायबाट हुने ब्याज आम्दानी बढ्नु नभई प्रोभिजनिङ खर्च घट्नु हो । अर्कोतर्फ खुद ब्याज आम्दानी घट्नु, कर्जा लगानी संकुचित हुनु र वितरणयोग्य नाफा करिब ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहनुले बैंकको नाफा सुधारलाई सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने देखाउँछ ।

2