Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हिमालयन बैंकको नाफा १ हजार ४१% बढ्यो, प्रोभिजनिङ घट्दा १.४८ अर्बमा पुग्यो

अ+ अ-

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ हजार ४१ प्रतिशतले बढाउँदै १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुर्‍याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँमा सीमित थियो । एक वर्षमै करिब १ अर्ब ३५ करोड रुपैयाँले नाफा बढ्नुमा प्रोभिजनिङमा आएको उल्लेख्य कमी मुख्य कारण देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको थियो । गत आर्थिक वर्षमा यस्तो रकम घटेर २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँमा झरेको छ । अर्थात् प्रोभिजनिङ करिब ८६ करोड रुपैयाँले घटेको छ, जसले बैंकको खुद नाफामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

तर, नाफा बढे पनि बैंकको मुख्य आम्दानी स्रोत भने दबाबमा देखिएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १५.७३ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख ४२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड ६० लाख ७७ हजार रुपैयाँ रहेको छ ।

नाफामा ठूलो सुधार देखिए पनि बैंकको वितरणयोग्य नाफा भने कमजोर छ । बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसले खुद नाफा बढे पनि तत्काल लाभांश वितरण गर्न सक्ने क्षमतामा ठूलो दबाब रहेको देखाउँछ ।

२२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रुपैयाँ सञ्चित छ ।

बैंकको व्यवसाय विस्तारतर्फ भने निक्षेप बढेको छ । गत असारसम्म बैंकले ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.७२ प्रतिशत बढी हो । तर, कर्जा लगानी भने १.२३ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ७२.७४ प्रतिशत रहेको छ ।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ०.६० रुपैयाँ रहेको ईपीएस बढेर गत आर्थिक वर्षमा ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २९.६७ गुणा रहेको छ ।

खराब कर्जातर्फ भने सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ७.९६ प्रतिशतमा आएको छ । यद्यपि, बैंकिङ क्षेत्रमा यो अनुपात अझै उच्च स्तरमै रहेको देखिन्छ ।

पूँजी पर्याप्ततामा भने सुधार भएको छ । बैंकको टायर–१ क्यापिटल एडिक्वेसी रेसियो ७.६९ प्रतिशतबाट बढेर ८.१९ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो ११.६९ प्रतिशत कायम रहेको छ ।

समग्रमा हिमालयन बैंकको खुद नाफा एक वर्षमै १ हजार ४१ प्रतिशतले बढे पनि यसको मुख्य कारण व्यवसायबाट हुने ब्याज आम्दानी बढ्नु नभई प्रोभिजनिङ खर्च घट्नु हो । अर्कोतर्फ खुद ब्याज आम्दानी घट्नु, कर्जा लगानी संकुचित हुनु र वितरणयोग्य नाफा करिब ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहनुले बैंकको नाफा सुधारलाई सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने देखाउँछ ।

2