Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सिटिजन्स बैंकको नाफा ६३% बढेर २.१० अर्ब, वितरणयोग्य नाफा ५२ करोड मात्रै

सिटिजन्स बैंकको नाफा ६३% बढेर २.१० अर्ब, वितरणयोग्य नाफा ५२ करोड मात्रै
A A+ A-

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६३.०५ प्रतिशतले बढाउँदै २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुर्‍याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमै ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले बढेको छ ।

नाफामा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ८ रुपैयाँ ७१ पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । यसले बैंकको प्रतिशेयर आम्दानी क्षमतामा सुधार आएको देखाउँछ ।

सिटिजन्स बैंकको नाफा बढ्नुमा इम्पेयरमेन्ट चार्जमा आएको ठूलो कमी प्रमुख कारण देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत आर्थिक वर्षमा घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । अर्थात् यस्तो खर्च ६९.०५ प्रतिशतले घटेको छ । करिब १ अर्ब ८५ करोड रुपैयाँको खर्च घट्दा त्यसको प्रत्यक्ष प्रभाव बैंकको खुद नाफामा परेको देखिन्छ ।

बैंकको फन्डिङ लागतमा समेत सुधार आएको छ । निक्षेपको लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ भने आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशत कायम भएको छ । निक्षेप लागत र आधार दरमा आएको कमीले बैंकको ब्याजदर व्यवस्थापनमा सुधार भएको संकेत गर्छ ।

गैरब्याज आम्दानीतर्फ पनि बैंकले सुधार गरेको छ । खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेको छ भने खुद व्यापार तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले वृद्धि भएको छ ।

तर, खुद नाफामा उल्लेख्य वृद्धि भए पनि वितरणयोग्य नाफा भने तुलनात्मक रूपमा न्यून छ । नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३.३७ प्रतिशत रहेको छ ।

खुद नाफा र वितरणयोग्य नाफाबीच ठूलो अन्तर देखिनुको मुख्य कारण नियामकीय समायोजन हो । बैंकले डिफर्ड ट्याक्स एसेट्समा ४३ करोड ३८ लाख रुपैयाँ तथा गैरबैंकिङ सम्पत्तिमा २९ करोड १० लाख रुपैयाँ बराबरको समायोजन गरेको जनाएको छ ।

व्यवसाय विस्तारतर्फ भने बैंकले निक्षेप र कर्जा दुवै बढाएको छ । गत असार मसान्तसम्म बैंकले २ खर्ब ३१ अर्ब ७३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब १४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा निक्षेप २ खर्ब ११ अर्ब ५० करोड ७ लाख र कर्जा लगानी १ खर्ब ६८ अर्ब ८६ करोड ७ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपातमा भने उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ५.८८ प्रतिशत रहेको एनपीएल घटेर गत आर्थिक वर्षमा ४.८९ प्रतिशतमा झरेको छ । खराब कर्जा घट्नुले बैंकको सम्पत्तिको गुणस्तरमा सुधार आएको संकेत गर्छ ।

पूँजी पर्याप्ततातर्फ पनि बैंकको अवस्था बलियो बनेको छ । टायर–१ क्यापिटल एडिक्वेसी रेसियो अघिल्लो वर्षको ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो भने १२.४७ प्रतिशत कायम रहेको छ ।

समग्रमा सिटिजन्स बैंकको खुद नाफा ६३ प्रतिशतले बढेर २ अर्ब रुपैयाँ नाघेको छ । इम्पेयरमेन्ट खर्चमा ठूलो कमी, निक्षेप लागत र आधार दरमा आएको गिरावट, गैरब्याज आम्दानीमा सुधार तथा खराब कर्जा घट्नु बैंकका सकारात्मक पक्ष हुन् । तर, नियामकीय समायोजनपछि वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँमा सीमित हुँदा बैंकको लाभांश क्षमता भने ३.३७ प्रतिशतमा खुम्चिएको छ ।

2